fbpx

‘कानुन निर्माणमा सबै राजनीतिक दल एकजुट हुनैपर्छ’:-जनार्दन शर्मा

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कानुन निर्माण गर्ने सवालमा सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने बताउनुभएकाे छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी नेता शर्माले कानुन निर्माणका सवालमा सत्तापक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएकाे हाे।

''कानुन निर्माणमा सबै राजनीतिक दल एकजुट हुनैपर्छ,''उहाँले भन्नुभयाे,''सत्तापक्ष र प्रतिपक्ष भनेर भाग्न मिल्दैन ।'' पूर्वअर्थमन्त्री समेत रहनुभएका शर्माले अघिल्ला अधिवेशनले मुलुकलाई चाहिने आवश्यक कानुन बनाउन नसकेको बताउनुभयाे। उहाँले सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा धेरै राम्रा काम गरेको दावी गर्नुभयाे। मिटरब्याज पीडितहरूको पक्षमा र नेपाली नागरिक भएर नागरिकता नपाउने युवायुवतीको पक्षमा बनेका कानुनहरू महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

'मिटरब्याज पीडितलाई न्याय दिने कुरा मात्रै होइन, नागरिकता नपाएका नेपाली नागरिकका छोराछोरीलाई नागरिकता उपलब्ध गराएको छ,यसलाई सरकारको ठूलो उपलब्धी मान्न सकिन्छ।'सहकारीको रकम हिनामिना गर्ने सहकारीलाई कारवाहीको प्रक्रिया चलिरहेको बताउँदै उहाँले पीडितका मुद्दाहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे।

शर्माले जनताप्रति इमान्दार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने धारणा व्यक्त गर्नुभयाे।

संघीय सरकारले कानुनहरू नबनाउँदा संघीयता कार्यान्वयनमा समस्या आएको बताउनुभयाे। उहाँले संघीयता कार्यान्वयनसम्बन्धी कानुन र मानव पुँजी निर्माण गर्नेसम्बन्धी कानुन छिट्टै बनाउनुपर्नेमा जोड दिनुभयाे। आवश्यक कानुन निर्माण नहुँदा स्थानीय तहमा र प्रदेश सरकारले आफ्ना कामहरू प्रभावकारी बनाउन नसकेको उहाँको भनाइ छ।

हिउँदे अधिवेशनलाई व्यवस्थित गर्न कार्यतालिका निर्माण भएको र कार्यान्वयनको प्रयास भइरहेको उहाँले बताउनुभयाे। नेता शर्माले जनताको काम गर्न अलमल गर्ने छुट कसैलाई नभएको बताउनुभयाे। शर्माले जाजरकोटको भूकम्पपछि पुननिर्माणको काम अघि बढाउनका लागि सरकारले संकटक्षेत्र घोषणा गरेर बजेटलगायतको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे।


काठमाडौं

बिहिबार, असार ७, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन