माओवादी केन्द्रले तोक्यो प्रदेशका इन्चार्ज र सहइन्चार्ज

author

समाचारपाटी

१ year अगाडि

नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । साथै बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ । मधेस प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सहइन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाउनुभएको छ । त्यस्तै वागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ । वागमतीमा सहइन्र्चाज तोकिएको छैन ।

प्रवक्ता सापकोटाकाअनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सहइन्र्चाज हरिराज अधिकारीलाई दिइएको छ । त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन् । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बन्नुभएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्ज केन्द्रिय सदस्य बिना मगरलाई बनाइएको छ । प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबि पाठक तथा प्रवाश प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिनुभयो । बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको पनि उहाँले जानकारी दिनुभयो । माओवादी केन्द्रले मधेस÷तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीयदेखि संघीय जनप्रतिनिधिहरु भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकले मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता सापकोटाले राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन