माओवादी सांसदको प्रश्नः प्रतिपक्ष दलहरुको धर्म सरकारको बिरोध गर्नु मात्रै हो र ?

author

समाचारपाटी

१ year अगाडि

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरुको धर्म सरकारको बिरोध मात्रै गर्नु हो र ? भनि प्रश्न गर्नुभएको छ । 


शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षहरुले बिरोध गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरी घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गर्नुभयो । उहाँले भ्रष्टहरुलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाऊ गर्नुभयो । सांसद पार्कीले राजनीतिक भ्रष्टिकरणलाई पनि सरकारले पाखा लगाउने काम गरेको बताउनु भयो । 

उहाँले भन्नु भयो, ‘प्रतिपक्षको धर्म विरोध मात्रै गर्नु हो त ? विगतमा जति पनि सरकार बने । त्यो सरकार बन्ने र भत्किने जुन काम भयो । अहिलेको जुन गठबन्धनको सरकार बनेको छ । त्यो सरकारले वास्तवमा भन्ने हो भने संविधान र यो व्यवस्थालाई पनि अझ मजबुत बनाउने, यो व्यवस्थालाई स्थायित्व दिने गरेर जुन सम्माननीय प्रधानमन्त्रीज्यूले स्टेप चाल्नु भएको छ । के यो ऐतिहासिक काम छैन र ? जुन उहाँले सुशासनको थालनी गर्नुभएको छ । वास्तवमा त्यो भ्रष्टाचार बिरोधी अभियान मात्रै होइन, नेपाली समाजमा देखा परेको जुन विभिन्न खालका प्रवृत्तिहरु छन् । त्यसबाट नेपाली समाज, नेपालका राजनीतिक र विभिन्न खालको तह र तप्काका मान्छेहरुलाई सकारात्मक सोचको विकास गर्ने ठाउँमा त्यसले पुर्याएको छ । राजनीति भित्र जुन खालको भ्रष्टिकरण देखापरेको थियो । त्यो भ्रष्टिकरणलाई रोक्ने काम यसले गरेको छ । हिजो दलालहरु मन्त्रालयको वरिपरी, सत्ता र शक्तिको वरीपरी घुमिरहन्थे, आजको अवस्था के छ ? के यो घामजत्तिकै छैन र ? सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले के आज दलालहरु सत्ता र शक्तिको वरीपरी घुम्ने चाहीँ वातावरण बनेको छ ? र आज देशमा होइन, उनीहरु विदेशमा भाग्नुपर्ने अवस्था छ । र सबै राजनीतिक पार्टीहरुले चुनाव लडदाखेरी जति पनि पैसा खर्च गरेर जित्ने अवस्था थियो । ती मान्छेहरुलाई पनि आजको सरकारले सोच्न बाध्य बनाएको छ । करोडौं खर्च गरेर सांसद, मन्त्री भएपनि त्यो पैसा असुल गर्न पाईदैन भन्ने कुरा पनि सरकारले सिकाएको छ  । मैले भन्न खोजेको के हो भने जुन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा जुन सरकार बनेको छ । त्यसले सिंगो राष्ट्रलाई एउटा सुशासनतिर, समृद्धितिर र राष्ट्रि एकतातिर लैजान जुन खोजिराखेको छ । त्यसको हामीले स्वागत गर्न चाहन्छौ । ’सांसद पार्कीले मुलुकलाई सुशासन, समृद्धिको बाटोमा अघि बढाउने काम गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार समेत व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन