fbpx

पवर्त मल्लाजमा दम्पती हत्या:-शंकास्द दुई जना नियन्त्रणमा

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । पवर्तको जलजला गाउँपालिका -२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले बताउनुभयाे ।

‘सोधपुछ धेरैलाई गरियो । तर, दुई जना अलि बढी शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान हुँदैछ । अहिले नै उनीहरुको भूमिका के हो भन्ने खुलिसकेको छैन,’ डीआईजी खनालले भन्नुभयाे । नियन्त्रणमा रहेकाहरुको संलग्नताबारे अहिले नै पुष्टि भइनसकेकाले प्रहरीले उनहरुको विवरण भने गोप्य राखेर अनुसन्धान गरिरहेको छ ।

डीआईजी खनालको टोली मंगलबार नै पोखराबाट घटनास्थल गएको थियो । डीआईजी खनालका अनुसार घटना भएको घर एकान्त ठाउँमा भएकाले वरपरका कसैले पनि केही थाहा नपाएको बताउनुभएकाे छ । त्यस्तै मंगलबार नै अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको थियो । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताउनुभयाे ।

घटनास्थल पवर्त र म्याग्दीको सीमा क्षेत्र नजिक रहेको छ । घटनास्थल जिल्ला पर्वतबाट भन्दा पनि जिल्ला प्रहरी कार्यालय (जिप्रका) म्याग्दीबाट नजिक रहेकाले प्रहरीले जिप्रका म्याग्दीलाई बेस बनाएर हामीले अनुसन्धान अघि बढाएको छ । सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको देखिएको थियो । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन । जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो ।

छिमेकीहरु गएर हेर्दा दुवै जना लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी भुसालले बताउनुभयाे । ‘शरीररमा चोट र निलडाम पनि छन् । जसकारण लाठ्ठीले हान्नेदेखि धारिलो हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी भुसालले भन्नुभयाे ।

दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । किराना पसल चाबी लगाएको अवस्थामा बन्द थियो । तर दम्पती सुतेको कोठामा भने बाहिरबाट चुकुल लगाइएको थियो । स्थानीय घर ढोका खोलेर हेर्दा दुवै जना रक्ताम्य अवस्थामा मृत भेटिएका थिए । मंगलबार नै शव जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि म्याग्दी पठाइएको थियो ।

onlinekhabar


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन