काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार  मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताउनु भयो । पक्राउ पर्नेहरुमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका अर्का लेखविक्रम थापा रहेका छन् । त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । डिएसपी घिमिरेले नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरुलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरु उत्पादन गरी कालोबजारी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो यस कार्यालयको विशेष टोली यो दश महिना २ गते काठमाडौंको मनोहरा नपा वडा नम्बर नम्बर ५ थलीस्थित भरत थापाको दुई तले पक्की घरमा विनोदकुमार कार्कीले भाडामा लिई बसेको कोठामा हामीले त्यहाँ नक्कली मदिराहरु बनाउने इन्फरमेशन पायौं । र, त्यो अनुसार त्यहा गएर हेर्दाखेरी खुकुरी रम, गोल्डेन वेक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक र यो मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरु, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोत्तलहरु, आन्तरिक  राजश्व विभागको अन्तःशुल्क स्टिकरहरु, लेबलिङ गर्ने सामानहरु, यसको प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरु बरामद गरेर यो नौ जना मानिसहरु समेतलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका छौं । यहाँ पक्राउ पर्ने व्यक्तिहरुमा मनोज खत्री । उहाँ चाहीँ अहिलेसम्म यो तेस्रो पटक हो । पहिलो पटक पक्राउ परेर ५० हजार धरौटीमा छुट्नुभएको, दोस्रो पटक फरार हुनुभएको थियो । र अहिले तेस्रो पटक हुनुभएको छ । त्यस्तै विनोदकुमार कार्की वर्षको ३६ को उहाँ पनि तेस्रो पटक हो । दुई चोटीसम्म पक्राउ नपरेको र अहिले उहाँ पक्राउ पर्नुभएको छ । त्यस्तै मोहन खड्का हुनुहुन्छ । गौरव तामाङ भन्ने उहाँ अहिले दोस्रो पटक हो । उहाँहरु नौं जना हुनुहुन्छ । त्यस्तै नक्कली मदिरा बनाउन प्रयोग गरिने सामग्रीहरुमा हामीले के पायौ भने चिनी, पानी, मिश्री तरल पदार्थ । चिनी र पानी मिसाउने अनि कालो हुनेगरी त्यसलाई पकाउनु हुँदो रहेछ । त्यो पाक्दाखेरी जुन त्यो रमको कलर आउँछ । त्यो कलर निकाल्नका लागि एकदम पकाउने र डढाउने गर्नु हुँदो रहेछ । त्यसलाई पक्राउ प्रयोग गर्ने देक्ची, डाडुहरु, सगुन ब्राण्डको मदिरा, बोत्तल सिल गर्न प्रयोग गरिने प्लाष्टिकको रोल, त्यस्तै हियर ड्रायर मेसिन, मदिराका खाली बोत्तलहरु र आन्तरिक राजश्व विभागका अन्तःशुल्क स्टिकरहरु हामीले बरामद गरेका छौं । र भारी मात्रामा मदिराका बिर्कोहरु पनि त्यहाँबाट हामीले बरामद गरेका छौं । र यो गुणस्तरहिन नक्कली मदिराहरु प्रचलित बजारको दरभाउ भन्दा कम मूल्यमा बिक्री गर्ने । र यो अरुभन पनि मान्छेको हेल्थलाई पनि असर गर्ने खालको कुराहरु पनि पाइएको छ । त्यो ठाउँबाट हामीले बरामद गरेको खुकुरी रम २८८ बोत्तल, फाईटर नौं सय बोत्तल पनि बरामद गरिएको छ ।’

प्रहरीको उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन