काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसिरहेको हो ।
बैठक बस्नुअघि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति भएको थियो ।
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो ।