गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा यातायातका शाखा अधिकृतविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाँख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत हुनुहुन्छ । उहाँ शाखा अधिकृत स्तरका कर्मचारी हुनुहुन्छ ।

१ असार २०४६ मा सेवा प्रवेश गर्नुभएका उहाँमाथि उजुरी परेपछि अख्तियारले १५ फागुन २०७८ सम्मको सम्पत्ति जाचबुझ गरेको थियो ।

त्यसक्रममा उहाँले ४ करोड ३७ लाँख रुपैंया सम्पत्ति जोडेको भेटिएको हो । छानविन हुदा उहाँले ३ करोड ३१ लाँख रुपैंयामात्रै कानूनी रुपमा आर्जन गरेको खुल्यो ।

स्रोत नखुलेको सम्पत्ति जफत हुनुपर्ने माग राखी अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले उहाँकी श्रीमती विमला न्यौपाने पोखरेललाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।

यातायात कार्यालयका शाखा अधिकृत पोखरेलले बारिश्रमिक बाहेक घर बहाल, बीमा, रेमिट्यान्स, मोटरसाइकल विक्री, शेयर लगायतबाट सम्पत्ति जोडेको दावी गर्नुभएकाे थियाे । उहाँको दावीलाई स्विकार गरेर हेर्दा पनि त्यसबाहेकको आर्जनको स्रोत नखुलेको अख्तियारको दावी छ ।

यातायात कार्यालयहरु भ्रष्टाचारका कारण बदनाम छन् । सेवाग्राहीलाई समयमा लाईसेन्स नदिई सास्ती दिने र त्यही लाईसेन्स महंगोमा बेच्ने गरेको आरोपमा यातायात कार्यालयका कर्मचारीहरुमाथि पटकपटक छानविन भएको छ ।

source:-onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन