थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २ सय ३२ नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ सय २८ र एन्टिजेनबाट चार परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा दुई जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ। देशभर काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ९ लाँख ८९ हजार ६१ पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हनेकाे संख्या १२ हजार २० पुगेकाे छ ।