आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ३ सय ८८ जनामा कोरोनाकाे नमुना परिक्षण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय ५४ जनाकाे पिसिआर परिक्षण गर्दा ६ जना काेराेनाका संक्रमित थपिएका हुन् ।
१९ जना काेराेना संक्रमण मुक्त भएका छन् । कोरोनाका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन । । हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ८८ हजार ७ सय ८२ जना पुगेका छन् । कोरोना संक्रमणबाट मृत्यु हनेकाे संख्या १२ हजार १९ पुगेकाे छ ।