थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ३ सय ८१ नमूना परीक्षण गर्दा १० जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ८ सय ७१ जनाकाे पीसीआर परीक्षण गर्दा १० जना र ५१० जनाकाे एन्टिजेनकाे नमूनाको परीक्षण गर्दा ० गरी १० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप २८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ सय २७ पुगेको छ।
देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाख ८८ हजार ५ सय २९ पुगेकाे छ भने मृत्यु हुने काे संख्या १२ हजार १९ पुगेकाे छ ।