fbpx

कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे प्रतिस्पर्धा गर्दै

author

समाचारपाटी

१ हप्ता अगाडि

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५:४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ ।

कोलम्बिया र उरुग्वे दुवै टिम लयमा छन् । यस संस्करण कोपामा लयमा रहेको कोलम्बिया लगातार २७ खेलसम्म अपराजित छ । उता अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक कोपा उपाधि जितेको उरुग्वे कीर्तिमानी १६औं उपाधि जित्ने लक्ष्यमा छ ।

कोलम्बिया र उरुग्वेबीचको विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडालाई हराएर फाइनलम स्थान बनाइसकेको छ । उरुग्वे क्वाटरफाइनलमा अर्को उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दा उक्त खेलमा उरुग्वेले २६ फल गरेको थियो । जसले गर्दा ब्राजिललाई रोड्रिगोलाई फल गर्दा उरुग्वेका नाहितान नान्डेजले रातो कार्ड पाएका थिए । उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले आफ्नो टिम अट्यकिङ फुटबल खेल्न कुनै सम्झौता नगर्ने बताएका छन् । ‘फुटबल प्रतिस्पर्धा हो र हामी जे मा बेस्ट छौं त्यही नै लागू गर्न प्रयास गर्छौं,’ बिएल्साले भनेका छन् ।

उरुग्वेका नाहितान नानडेजले फाइनल खेल खेल्न पाउने छैनन् भने डिफेण्डर रोनाल्ड अराउजोले क्वाटरफाइनमला चोट लागेपछि सबै खेल गुमाउने छन् । अर्कोतर्फ कोलम्बियाले पानामालाई ५(० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । कोलम्बया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले अहिलेसम्म २००१ मा एक पटक कोपा जितेको थियो । नहाँ कोलम्बियाले मेक्सिकोलाई फाइनलमा पराजित गरेको थियो ।

अर्जेन्टाइन प्रशिक्षक नेस्टर लोरेन्जोको प्रशिक्षणमा रहेको कोलम्बियाका लागि ८ फरक खेलाडीले गोल गरिसकेका छन् ।भेट्रेराना जेम्स रोड्रिग्वेज अहिले लयमा छन् र त्यो लय कोलम्बियाका लागि फाइदाजनक हुन सक्छ । रोड्रिग्वेजले एकै संस्करणमा सर्वाधिक ५ असिस्ट गर्ने लिओनल मेसीको कीर्तिमान बराबरी गरिसकेका छन् ।

लरेन्जोले उरुग्वे र कोलम्बियाबीचको खेल फाइनल खेल जस्तै हुने बताए । ‘उनीहरु प्यासिभ छैनन् । उनीहरु पनि जितकै लागि जान्छन् । र हामी पनि राम्रो प्रदर्शन गर्नका लागि जादैछौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, साउन ५, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन