fbpx

सहकारी ठगि प्रकरणमा कांग्रेसले कसैलाई दोषि करार गरेको छैनः सांसद रामहरी खतिवडा

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफुहरुले सहकारी ठगि प्रकरणमा आफूहरुले कसैलाई दोषि करार नगरेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरुले सहकारी ठगिमा कसैलाई दोषि करार नगरेको बताउनुभएको हो । उहाँले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताउनु भयो । उहाँले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाएपनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘काठमाडौं, बुटवल, पोखरा, भैरहवा, चितवनका सम्पूर्ण सहकारीबाट अरबौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा त्यहाँ जम्मा गरियो । जुन गोर्खा मिडिया प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने भन्ने व्यक्ति हुनुहुन्थ्यो । सहकारीको पैसा कुनैपनि आफु सदस्य नभएको संस्थामा लान पाइदैन । जुन संस्था त्यसको सदस्य छैन त्यो संस्थामा अरबौँ पैसा लगियो । त्यो पैसा छानविन होस् भनेर हामीले आवाज उठाउँदा म निर्दोष छु । यसमा छानविन हुनुहुँदैन भनेर आवाज उठाइन्छ । हामीले कसैलाई दोषि करार गरेका छैनौँ । निर्दोष छ भने एउटा संसदीय छानविन समिति गठन गरौँ । त्यसले जे भन्छ, त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ ? हामीले फेरिपनि भन्यौँ कोहीसँग पूर्वाग्रह राखेर नेपाली कांग्रेस राजनीति गर्दैन । हामीसँग कसैसँग दोष छैन, ईष्र्या छैन । हामी कसैलाई फसाउन चाहादैनौँ । तर गल्ती छैन भने भन्न सक्नु पर्यो, मेरो केही गल्ती छैन । छानविन गरियोस् । गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? संसदीय छानविन समितिका लागि सरकार किन भागेर हिँड्छ ? यदी गोर्खा मिडिया प्रा.लि.ले लिएको पैसा प्रवन्ध निर्देशक रवि लामिछाने हुँदा तिर्नु पर्दैन भन्ने फैसला र नजिर सरकारकहाँ छ भने त्यो हामीलाई देखाइयोस् । नभए निष्पक्ष छानविन समिति संसदबाट गठन होस् भनेर हामी माग गर्न चाहन्छौँ । एकजना मन्त्रीले मेरो त तेइस लाख रुपैयाँ ठगि भयो सहकारीमा भन्नुभएछ । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगि भयो भनेर भन्दापनि गृहमन्त्रीको ध्यान गएको छैन । कसले छानविन गर्ने हो त निष्षक्ष संसदीय समिति नबनाएदेखि ?’ उहाँले नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताउनु भयो । कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर