बाँके कारागारमा कैदीबन्दीले लगाइएको ताला खुल्यो
नेपालगञ्ज, १५ कात्तिक । यहाँस्थित बाँके कारागारको भित्री गेटमा कैदीबन्दीले लगाएको तालाबन्दी आज खोलिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा भएको तीन बुँदे सहमतिपछि कैदीबन्दीले गेटमा लगाएको ताला खोलेका हुन् । छलफलमा सहभागी मानवअधिकारकर्मी वसन्त गौतमका अनुसार, जेलर भरतराज पाण्डेको सरुवा, चौकीदार भरत फडेरालाई […]