१५ देशमा निर्यात हुन्छ भारतमा बनेको निशान म्याग्नाइट
भारतमा उत्पादन हुने निशान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निशान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सिसेल्स, मोजाम्बिक, जाम्बिया, मोरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध हुन थालेको कम्पनीले जनाएको छ । तमिलनाडुस्थित निशानको चेन्नई प्लान्टमा उत्पादित निशान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च […]