fbpx

‘प्रधानमन्त्री-राप्रपाबीच कोशी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ’:-लेखनाथ दाहाल

author

समाचारपाटी

१ year अगाडि

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको बताउनुभएको छ । 

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङदेनबिच भद्र सहमति भएको बताउनुभएको हो । सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको बताउनु भयो । उहाँले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाका कारण सहमति सम्भव भएको बताउनु भयो । उहाँले राप्रपाले कोशी प्रदेश सरकार निर्माणमा सघाउने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘कोशी प्रदेशमा विकल्प भनेको निर्वाचन हो । मध्यावधि निर्वाचनमा जानको निम्ति अर्थतन्त्रको हिसावले अर्बौँ खर्च हुने यो अहिले हाम्रो मुलुकले अहिले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोशी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न र वैधानिक ढंगले सरकार निर्माण गर्नको निम्ति हामीलाई राप्रपाको साथ चाहिन्थ्यो । राप्रपा पनि कोशी प्रदेशमा कमसेकम मध्यावधि निर्वाचन भन्दापनि अहिलेको जुन समस्या छ त्यो समस्या हल गर्न उहाँहरु सहमत भइसकेपछि मुख्यतः माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो । प्रधानमन्त्रीज्युसँग भद्र सहमति भएको छ, संघीय संसदमा पनि उहाँहरुको भुमिका प्रभावकारी हुने । संसदीय भुमिकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोगि भुमिका हुने र कोशी प्रदेशमा सरकार निर्माणमा उहाँहरुले सहयोग गर्ने भद्र सहमति अनुरुप नै हामीले संसदीय समिति दिएका छौँ ।’ 

उहाँले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताउनु भयो । विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचनाहरु बनाएको उहाँले आरोप लगाउनु भयो ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक