fbpx

अनधिकृत रुपमा बनेका संरचना भत्काएर न्हुँ पोखरीमा हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर

author

समाचारपाटी

३ हप्ता अगाडि

ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ ।सोमवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन शुरुवात गरेर यस्तो बताउनुभएको हो । उहाँले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताउनु भयो । नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘यो नुःखु पुखुः लाई ब्युटीफाइ गर्ने, ग्रिनरी इन्हान्स गर्छौैं । ग्रिन एण्ड ब्ल्युको फ्युजन प्रोजेक्ट हो । ग्रिन भनेपछि हरियाली र ब्ल्यू भनेपछि पानी हुन्छ । हरियालीमा पानीको समिस्रन स्टेट अफ आर्टको पार्क हुन्छ यो ।’

ललितपुर महानगरपालिकिाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूँले पोखरी क्षेत्रलाई पुरानै अवस्थामा फर्काइने बताउनु भयो । उहाँले आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्ने पोखरी क्षेत्रमा  वृद्धवृद्धाहरुका लागि विश्राम स्थालको समेत व्यवस्था गरिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो २०८२ साल असारमा बनाएर सकिन्छ । यो ठाउँमा  एउटा गर्डेन, एउटा स्मार्ट ट्वाइलेट हुन्छ र मान्छे हिँड्ने आवतजावतको पुरानो अवस्थामा फर्किन्छ । पहिला केही पनि थिएन, पछि निर्माण भएका भौतिक संरचना महानगरपालिकाको निर्देशन अनुसार भत्काउन शुरु गरेको हो ।’

ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पोखरी क्षेत्रमा रहेको वडा भवन अन्यत्र सारेर पोखरीलाई पुरानै अवस्थामा निर्माण गर्न अभियानमा लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो ऐतिहासिक न्यु पोखरी जुन अहिले बन्द रुपमा छ । त्यो पोखरीलाई संरक्षण गरेर फ्रेन्च बार लगाएर यो पोखरी बनाउन सुरुवात गरेको हो । महानगरपालिकाको नगरपरिषदले निर्णय गरे अनुसार यहाँ वडा भवन पनि थियो वडा मालश्री भवनको पछाडी सरेर यो पोखरी बनाउने अभियानमा लागेको हो ।’


पोखरी निर्माण सम्पन्न भएपछि वृद्धवृद्धा तथा युवायवतीका लागि विश्रामस्थालको व्यवस्था हुने महानगरपालिकाले जानकारी दिएको छ । पोखरीमा माछापालनलगायतको वृहत योजनासमेत अघि सारिएको  महानगरपालिकाको भनाइ छ ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...