भावि प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज पुन: संवैधानिक परिषद्को बैठक बस्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। भावि प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आज पुन: संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। 

आइतबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल संवैधानिक परिषद् बैठक तत्काल बोलाउन दबाब दिएपछि मंगलबार बैठक बसेको थियो। तर उक्त बैठकमा छलफल बिना निष्कर्ष आज बस्ने गरी स्थगित भएको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार उक्त बैठकमा प्रधानन्यायाधीश र अन्य संवैधानिक निकायहरूको नियुक्तिको विषय छलफल भएको थियो। उहाँले आजको बैठकमा प्रधानन्यायाधीश सिफारिस र रिक्त रहेका अन्य संवैधानिक निकायहरूको नियुक्तिको विषय पनि छलफल हुने बताउनुभयाे।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उपसभामुख इन्दिरा राना सहभागी हुनेछन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहेको छ। संवैधानिक प्रावधान अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ।

बहालवाला प्रधानन्यायाधीश कार्की अवकाशमा जाने भएकाले केहि दिनमा बिदामा बस्ने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने भएपनि प्रक्रिया थालिएको छैन। राजनीतिक खिचातानीका कारण यस अगाडि पनि सर्वोच्च अदालत लामो समय कामुको भरमा चलेको थियो। 


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ