fbpx

आयोगले सिफारिस गरेका प्रतिवेदन सरकारले कार्यान्वयन नगर्दा संवैधानिक आयोगहरुको औचित्यमाथि प्रश्न 

author

समाचारपाटी

७ दिन अगाडि

राज्यका हरेक निकायमा समावेशि सहभागिताका लागि स्थापना गरिएका संवैधानिक आयोगहरुले उद्देश्यअनुरुप काम गर्न नसकेको स्वीकारेका छन् ।

सीमान्तकृत समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउने उद्देश्यले विभिन्न समयमा गठन भएका आयोगहरुले सरकारले सहयोग नगर्दा उद्देश्यअनुरुप काम गर्न नसकेको बताएका हुन् । आयोगले सिफारिस गरेका प्रतिवेदन सरकारले कार्यान्वयन नगर्दा संवैधानिक आयोगहरुको औचित्यमाथि प्रश्न उठेको आयोगका प्रतिनिधिहरुको भनाइ छ । शुक्रवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाको हक र अधिकार सुनिश्चित गर्न आयोगले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले आयोगले सोचेअनुरुप काम गर्न नसकेको उल्लेख गर्दै यस विषयमा सरोकारवाला निकायहरुबी गहन छलफल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले महिला आयोगलाई सबल र सशक्त बनाउने र यसको औचित्यलाई पुष्टि हुने गरी परिभाषित र प्रमाणित गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘महिला आयोगको पुनरावलोकनको विषयमा कुराहरु भइरहेका छन् यसलाई सबल र सशक्त बनाउने र यसको औचित्यलाई पुष्टि हुने गरी परिभाषित र प्रमाणित गर्नुपर्ने आवश्यकता छ । आयोगले जुन हिसावको भुमिका खेल्नुपर्ने हो त्यसअनुसार खेलिएको छ कि छैन ? यदि हुन सकेको छैन भने कसरि के कारणले हुन सकेन ? र भइरहेको छ भने किन प्रभावकारी भइरहेको छैन । रुपमा छलफल र बहस हुनुपर्ने आवश्यकता छ ।’


राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संवैधानिक आयोगहरुलाई सहजिकरण र मार्ग निर्देशन गर्ने दायित्व संसदको रहेको बताउनु भयो । उहाँले संघीय संसदका सभामुख तथा राष्ट्रिय सभा अध्यक्षसँग  आयोगका प्रतिवेदन र सिफारिसहरुमाथि छलफल चलाउन ध्यानाकर्षण गरेनि छलफल नचलाइएको गुनासो गर्नुभयो । उहाँले संवैधानिक आयोगलेका प्रतिवेदनहरुको कार्यान्वयनमा सरकार गम्भिर हुनुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले पनि नेपालको गरिबीको ४२ प्रतिशत जनसंख्या दलित समुदायमा रहेको उल्लेख गर्नुभयो । उहाँले तीन तहको सरकारलाई दलित समुदायको विकासका लागि देखिएका समस्याहरु समाधान गर्नको लागि पहल गर्ने दायित्व वहन गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संवैधानिक आयोगहरुलाई सहजिकरण गर्ने, हामीलाई मार्ग प्रशस्त गर्ने तथा हामीलाई मार्ग निर्देशन गर्ने दायित्व संसदको रहन्छ । हामीले पटक पटक संघीय संसदका सभामुख तथा राष्ट्रिय सभा अध्यक्षज्युलाई भेटेर हामीले बुझाएका प्रतिवेदन र हाम्रा सिफारिसहरुमाथि छलफल चलाइयोस् र हाम्रो सिफारिसको आधारमा छलफल छलफल चलाउन सरकारको ध्यानाकर्षण गराइयोस् भनेर हामीले धेरै पटक ध्यानाकर्षण गराएका छौं । यसका सम्बन्धमा छलफ गर्न केही बैठकहरु आयोजना समेत भएको छ । तर हाम्रा प्रतिवेदनमाथि छलफल नगरिएको अवस्था छ । राष्ट्रिय दलित आयोगलाई संविधानमा उल्लेख गरिएका ६ वटा दायित्व र राष्ट्रिय दलित ऐन, २०७४ले तोकेका थप पाँच वटा दायित्व गरि ११ वटा कामहरु गर्नको लागि यस आयोगको स्थापना गरिएको छ । ति कामहरुमा दलित समूदाय विकासको हिसावले पछाडि रहेको र गरिबीको हिसाबले पनि ४२ प्रतिशत गरिबी दलित समूदायमा छ भनेर विभिन्न अध्ययनले भनेको अवस्था छ । त्यस समूदायलाई मुल प्रवाहकरण गर्नको लागि सरकारको नीति कार्यक्रममा दलित समूदायका समस्या र सरोकारका विषयहरुलाई समाहित गरेर दलति समूदायको विकास प्रक्रियामा सहभागि बनाउने दलित आयोगको दायित्व हो । र तीनै तहको सरकारलाई दलित समुदायको विकासका लागि देखिएका समस्याहरु समाधान गर्नको लागि पहल गर्ने दायित्व समेत दलित आयोगको छ ।’


राष्ट्रिय समावेशी आयोगकी अध्यक्ष विष्णुमाया ओझाले संवैधानि आयोगहरुको काम समस्याको समाधान गर्ने नभई सरकारलाई सिफारिस गर्ने भएको बताउनु भयो । उहाँले सरकारले आयोगले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन नगर्दा आयोगहरुमा प्रश्न उठ्ने गरेको बताउनु भयो । उहाँले सिमति स्रोत र सिमित जनशक्तिका बाबजुद आयोगहरुले राम्रो काम गरिरहेको उहाँको दाबी छ । उहाँले आयोगमा रहेका समस्या समाधानका लागि आयोगहरुको सम्पर्क कार्यालय प्रधानमन्त्री कार्यालय राख्न आग्रह गर्दा समेत बेवास्ता गरिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीसामु विभिन्न समस्या र चुनौतीहरु छन् । त्यो समाधान हामीले गर्ने हैन । हामीले त अध्ययन अनुसन्धान गरेर सरकारलाई सिफारिस मात्र गर्ने हो । हामीले गरेको सिफारिस सरकारले कार्यान्वयन गरेन भने आयोगहरुले काम गरेन भन्ने बुझन्छि । आयोगहरुमा समस्या के छ ? त्यहाँ बजेट कति छ ? कर्मचारी कति छन् ? जनशक्ति कति छन् भन्ने कुरा हेर्नुपर्दछ । आयोगहरुको माध्यमबाट लक्षित वर्गले अधिकार पायो कि पाएन ? पायो भने के पायो ? त्यसकारण हाम्रो सम्पर्क कार्यालय प्रधानमन्त्रीको कार्यालय नै हुनुपर्छ भनेर बारम्बार भन्ने गरेका छौं । हामी सबै आयोगको तर्फबाट ध्यानाकर्षण गराउँदा पनि त्यो कुरा भएन । त्यसकारण हामीले पुनरावलोकन गर्ने भनिरहँदाखेरि हामीलाई पनि गाह्रो छ नि । कार्यक्रम चालाउनका लागि आवश्यक पर्ने बजेट म त लाजले भन्दा पनि भन्दिन । सरकारले छुट्याएको बजेटभन्दा पनि धेरै काम हामीले गरेका छौं ।’


आदीवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले राज्यको कुनै पनि निकायमा जनजातिको समानुपातिक प्रतिनिधित्व नरहेको बताउनु भयो । उहाँले जनजातिको सवालमा संविधानले दिएको अधिकारका विषयमा अध्ययन गरेर सरकारलाई सिफारिस गर्ने गरेपनि कार्यान्वयनमा केही सुधार नआएको बताउनु भयो । उहाँले संघीय संसदको राष्ट्रिय सभा समेत समानुपातिक हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा सिद्धान्त र चरित्रले परिपूर्ण भएपनि आदीवासी जनजातिको सहभागिता न्यून हुनु दुःखद् भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कुनैपनि प्रदेशमा, स्थानीय निकाय र राष्ट्रिय सभामा समेत आदीवासी जनजातिको समानुपाति प्रतिनिधित्व भएको छैन । म सभापतिज्यूलाई अनुरोध गर्न चाहान्छु अब आदिवासी जनजाति आयोगको काम संविधान र कानूनले प्रदत्त गरेको जनजातिको हक अधिकार सरकारका निकाय एवै गैरसरकारी निकायहरुले कार्यान्वयन गरेको छ कि छैन ? त्यसको अवलोकन गर्ने हो । अनुगमन गर्ने हो र भएको रहेनछ भने सरकारलाई सिफारिस गर्ने हो । दुखद् कुरा के छ भने राष्ट्रिय सभा भनेको सिद्धान्त र चरित्रले परिपुर्ण हो । किनभने त्यसमा हरेक क्लस्टरबाट ल्याइएको छ । तर यो सभामा आदीवासी जनजाति ल्याउनुपर्छ भन्ने नै रहेनछ । आयोगले अध्ययन गर्दाखेरि त्यो देखिएन ।’


बैठकमा संवैधानिक आयोगहरु पुनरावलोकन गर्ने सम्बन्धमा आयोगको धारणा लिइएको छ । आयोगहरुले सीमान्तकृत समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने गरि विकास गर्नुपर्ने धारणा राखेका छन् ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू