साइप्रस, इजरायल र ग्रिसले उर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म उर्जा करिडोरको सहयोगलाई तिब्र पार्न सहमत भएका हुन् । तीन देशका नेताहरुबीच निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरुको संयुक्त बयानमा भूराजनीतिक विकासका कारण उर्जा विविधता र अन्तरसम्बन्ध बढाउन आवश्यक ठानेर पूर्वी भूमध्यसागरबाट युरोपसम्म उर्जा बिस्तार गर्न सहमति जुटेको बताइएको छ । बैठकमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिट्स र इज्रायल र ग्रिसका प्रधानमन्त्री क्रमशः बेन्जामिन नेतान्याहू र किरियाकोस मित्सोटाकिसले उर्जा क्षेत्र, प्राकृतिक ग्यास उत्पादन, बिजुली, नविकरणीय उर्जा क्षेत्रमा सहयोगको बलियो आधार बनेको बताइएको छ । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले इजरायल र साइप्रसले आगामी तीनपछि ५ महिना भित्रमा युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने निर्णय गरेको बताउनु भयो ।
सिन्ह्वा