‘संसदमा उपप्रधानमन्त्री रवि लामिछाने बोल्दा अवरोध गर्दैनौँ’:- काँग्रेस

author

समाचारपाटी

१२ महिना अगाडि

नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने भएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो । उहाँले सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गरेको खण्डमा भने संसद अवरुद्ध हुने स्पष्ट पार्नुभयो । उहाँले संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा सहमति भइसकेको र त्यसलाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा हिजो नै सहमति भएको छ । त्यो विषयलाई हामीले सकारात्मक रुपमा नै लिएका छौँ । समिति बनाउने भन्नेकुरातिर नै अघि बढ्ने कुरा छ । टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको छ । अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलका नेता साथीहरु पनि बस्नुभएको छ । विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएको भन्नुभएको छ । छानबिन समिति बनाएर अघि बढ्नुपर्छ । छानबिन समिति बनाउने र सरकारी कार्यसूचिमा प्रवेश गर्ने कुरा छ । माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि धेरै दिनदेखि समय माग्नुभएको छ । उहाँलाई सभामुखले बोल्न दिनुभयो भने हामी त्यसमा अवरोध गर्दैनाँै । हामी उहाँलाई सुन्न तयार छौँ । सरकारी बिजनेसमा प्रवेश गर्न भन्दा पहिला समिति बनाइसक्नु पर्छ ।’


उहाँले टिओआर बनाउने कुरामा सहजता प्रदान गर्न आग्रह गर्नुभयो । टिओआर बनाइसकेपछि सरकारी बिजनेसमा प्रवेश गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन