fbpx

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक ?

author

समाचारपाटी

४ हप्ता अगाडि


काठमाडौं I राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोज्नुभएको भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल सत्तामा बढी केन्द्रित भएको आरोप लगाउनु भयो । 
उहाँले भन्नुभयो, ‘जनताले यसले अनियमितता ग¥यो, जनताको पैसा यसको पेटमा प¥यो, त्यसले गर्दा कारबाही होस् भनेर जनताले मागेको छ, सिंगो संसदले मागेको छ । सिंगो संसद अवरुद्ध भयो । र अध्यक्षज्युलाई भन्छु, यो संसदबाट हामी पनि संसद अवरुद्ध गर्न वेलमा आयौँ । के ग¥यौँ, त्यो पछि विश्लेषणको कुरा होला । त्यत्रो भएको मान्छे नैतिकता त हुन्छ नि । छानबिन गर्नुस्, राजीनामा दिन्छु भन्न नसक्ने ? त्यत्रो ठूलो निकायमा बसेको एउटा गृहमन्त्रीले अनि भ्रष्टाचार मौलाउँदैन । हामीले कस्तो मान्छेलाई संरक्षण दिएका छौँ । म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु यहाँबाट निकाल्न सकिँदैन ? अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नुहुन्न । केले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई । सत्ता नै ठूलो कुरा हो ? आउनुस् न । अर्को चोटी बहुमत प्राप्त गरेर आउनुस् । सत्ता ठूलो की मुलुक ?’
 उहाँले सत्ता ठूलो की मुलुक भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२४.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...