fbpx

काँग्रेसले बनायो नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपतिको उम्मेदवारमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले बताउनु भयो ।

उहाँले २०८० साल वैशाख १० गते आईतवार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको बताउनु भयो । उहाँले उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँले उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली काँग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचि कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पूर्व सभामुख तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई उम्मेदवार प्रश्तुत गर्ने निर्णय भएको छ ।

नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

२०८० साल वैशाख १० गते आईतवार दिन हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ । उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ । उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली काँग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचि कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।’


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन