fbpx

काँग्रेस केन्द्रिय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली काँग्रेस पार्टीले केन्द्रिय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ ।
मंगलवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गर्नुभएको हो ।

उहाँले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाई छ । 


उहाँले भन्नुभयो – ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अपm्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ । केन्द्रिय सदस्य साथीहरुले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्यो भन्दा बाहेक समय कि उहाँहरु अभियानमा हुनुहुन्छ, कि उहाँहरु विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ ।’


महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेश गर्नुभएको छ । त्यस्तै समितिहरुले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रश्ताव छ । आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउनेगरी घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । 


उहाँले भन्नुभयो – ‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मशान्तभित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरीको गतिविधिको प्रगति विवरण ६-६ महिनामा केन्द्रिय कार्यसमितिमा बुझाउनुपर्ने । समितिहरुले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रश्ताव हो । साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाउँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान शुरु हुने । यो अभियानमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान शुरु गर्नेछ ।’


पार्टीका सबै दस्तावेजहरु डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्नेपनि उहाँको प्रश्ताव छ । यसको निम्ति कामहरु भइरहेको पनि महामन्त्री थापाले उल्लेख गर्नुभयो ।


नोटः आज बसिरहेको नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकका हामीले बनाइ पठाएका समाचार पार्टीको आधिकारिक फेसबुक पेजबाट सुनेर समाचार बनाइ पठाएका छाँ । यस सम्बन्धी बाइट उपलब्ध हुनेछैन । बैठकको फुटेज भने सर्भरमा उपलब्ध छ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ । 


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर