fbpx

द्वन्द्वपीडित परिवारका सदस्यको मागः- ‘हाम्रा श्रीमान किन मारियो, जान्न पाउनुपर्छ’

author

समाचारपाटी

१ year अगाडि

द्वन्द्वपीडित संघर्ष समितिले संसदमा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । 

संघर्ष समितिले मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेको हो । समितिले आफूहरुले शान्तिपूर्ण रुपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर बिरोध गर्नुपरेको बताए । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टिआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताउनु भयो । उहाँले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको बताउनु भयो । उहाँले आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताउनु भयो । उहाँले द्वन्द्वकालमा आफ्ना श्रीमान किन मारेको ? भन्दै सरकासँग प्रश्न गर्नुभयो । उहाँले श्रीमान मारिको कारण आफूहरुले जान्न पाउनुपर्ने भन्दै पीडकलाई उन्मुक्ति दिने किसिमको विधेयक ल्याए आफूहरुको बिरोध जारी रहने चेतावनी दिनुभयो । उहाँले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने पीडितहरुको माग रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी २७ दिन भयो टिआरसी सम्बन्धी विधेयक जुन सरकारले अहिले ल्याएको छ, हामीले शान्तिपूर्ण ध्यानाकर्षण गराउँदा पनि राज्यले बल प्रयोग गरेको छ । हामी माओवादी पीडित परिवारहरु हो । सुरक्षाकर्मी परिवार र सिभिल परिवार पनि हुनुहुन्छ । प्रहरीले अहिले मात्रै ८ जना साथीहरुलाई भित्र लगिसकेको छ । हाम्रो संयोजक रिता कार्कीसहितलाई नियन्त्रणमा लिएको छ । २७ दिनसम्म पनि सरकारले हाम्रो कुरा नसुनिसकेपछि विधेयकमा पीडकलाई उन्मुक्ति दिने कुरा छ । हाम्रा श्रीमान किन मारियो, हामीले जान्न पाउनुपर्छ, त्यस्तो खालको विधेयक ल्याइन्छ भने त्यसको घोर बिरोध गर्दछौँ । राज्यले उहाँहरुलाई अर्को आरोप लगाएर भित्र राख्ने काम गर्नसक्छ, त्यस्तो भए हाम्रो अर्को बिरोध शुरु हुन्छ । यो विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने हाम्रो माग हो ।’

प्रदर्शनमा उत्रिएकाहरुले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोई ? लुटिएको सम्पती फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ ? घाईते, अपाङ्ग र अशक्त पारिएकाहरुको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए । केही समय यता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरुले टिआरसीसँग सम्बन्धित विधेयकको बिरोध गर्दै आएका छन् । 


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने