fbpx

‘कुलमानको महत्वाकाङ्क्षा पूरा गर्नका लागि सरकार निरिह भयो’:- अध्यक्ष राजेश अग्रवाल

author

समाचारपाटी

९ महिना अगाडि

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको महत्वाकाङ्क्षा पूरा गर्नका लागि सरकार प्रयोग भएको बताउनुभएको छ । 

आईतवार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले कुनै एउटा व्यक्तिको महत्वकांश पूरा गर्नको लागि प्रमाण बिना उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता रकम बुझाउन नसक्ने बताउनु भयो । उहाँले  व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौताको प्रमाण देऊ पैसा तिर्छौं भनिरहँदा पनि लाइन काटिनु गलत भएको बताउनु भयो । उहाँले नेपालमा उद्योग गर्नु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो ।  उहाँले उद्योगीहरुलाई पछिल्लो समय विभिन्न संघ संस्था वा सरकारी कार्यालयहरुमा जाँदा अपराधि सरहको व्यवहार गरिन थालेको महशुस हुन थालेको बताउनु भयो । उहाँले ६१ वटा उद्योगीहरुले उद्योग खोलेर देशमा अपराध गरेको जस्तो व्यवहार राज्यले गरिरहेको उल्लेख गर्नुभयो । उहाँले  देशलाई आत्मनिभर बनाउन, रोजगारी सिर्जना गर्न राजनीतिक नेता र कर्मचारीको मात्रै अधिकार हो ? भन्दै प्रश्न गर्नुभयो। 

उहाँले भन्नुभयो,‘नेपालमा उद्योग राख्नु अपराध हो भन्दा भन्दै उद्योगमा लागेको थिए । उद्योगीहरुलाई पछिल्लो समय विभिन्न संघ संस्था वा सरकारी कार्यालयहरुमा जाँदा अपराधि सरहको व्यवहार गरिन्छ । ६१ वटा उद्योगीहरुले उद्योग खोलेर अपराध गरेको जस्तो भइरहेको छ । देशलाई आत्मनिभर बनाउँ,रोजगारी सिर्जना गरौं । रोजगारी दिऔं भन्ने उद्योगीको अधिकार यो देशमा छैन जस्तो भइरहेको छ । यस्तो अधिकार राजनीतिक नेता वा कर्मचारीहरुलाई मात्रै रहेको छ भन्ने भइरहेको छ । यो देशमा उद्योग गर्नु अपराध हो । अहिले विद्युत प्राधिकरणले उद्योगीहरुलाई अपराधि देखाएर प्रमाणित गर्ने काम भइरहेको छ । एउटा व्यक्तिको महत्वकांक्षाको निम्तिको लागि वा कार्यक्षमता प्रमाणित गर्नको लागि सरकार निरिह भएको छ । हामीले प्रमाण दिनुस् पैसा तिर्न तयार छौं भन्दा पनि जबरजस्ती लाइन काट्नु कहाँसम्मको कुरा हो ।’उहाँले प्रमाण ल्याए विद्युतको महशुल तिर्न तयार रहेको पनि बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने