fbpx

व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौती छः प्रधानमन्त्री

author

समाचारपाटी

१ year अगाडि


प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौति रहेको बताउनुभएको छ । 

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र अहिले पनि केही नीतिगत र व्यवहारिक सुधारका गम्भीर कदम आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि गरेका प्रयासहरु पर्याप्त नभएको समेत स्वीकार गर्नुभयो । उहाँले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्न चुनौति सरकारलाई रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको हैसियतले लगातार मौद्रिक,वित्तीय नीति र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएपनि सफल नभएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही मात्रा सुधार भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले अर्थतन्त्रको आजको आवश्यकता अनुसारको मौद्रिक नीति, वित्तीय नीतिको समग्र सोच र कार्यशैलीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘अर्थतन्त्र सुधारका निम्ति हाम्रा प्रयासहरु पर्याप्त छैनन् । अर्थतन्त्र अहिले पनि केही नीतिगत र केही व्यवहारिक सुधारका गम्भीर कदम नचाल्ने हो भने अफ्ठ्यारो स्थिति छ । यसमा पनि अन्य कुराका अतिरिक्त नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्नेकुरा अझैपनि एउटा चुनौतिको रुपमा हाम्रो सामुमा छ । यद्यपी प्रधानमन्त्रीको हैसियतले मैले लगातार मौद्रिक नीति र वित्तीय नीतिको बीचमा, सार्वजनिक क्षेत्र र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएको छु । केही मात्रात्मक सुधार भएको पनि महशुस भएको छ । तर अर्थतन्त्रको आजको आवश्यकता अनुसारको हाम्रो मौद्रिक नीति, आजको आवश्यकता अनुसारको वित्तीय नीति र आजको आवश्यकता अनुसारको समग्र सोच र कार्यशैलीमा धेरै नै सुधार गर्नुपर्ने आवश्यकता रही रहेको महशुस हुन्छ ।’

प्रधानमन्त्री दाहालले सरकारको पहिलो प्राथमिकता आर्थिक रुपान्तरण भएको बताउनु भयो । उहाँले सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले परिसंघले शुरु गरेको मेक इन नेपाल स्वदेशी अभियान आफैमा महत्वपूर्ण अभियान भएको भन्दै मेक इन नेपाललाई नेपाल सरकारले पनि अपनत्व दिएको बताउनु भयो । उहाँले मेक इन नेपाल अभियानमार्फत औद्योगिककरण उत्पादन वृद्धि स्वदेशी वस्तु तथा सेवाहरुको गुणस्तर वृद्धि तथा निर्यात प्रवद्र्धन गर्दै अर्थतन्त्रको सवलिकरणमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँगको सहकार्यबाट दिगोविकास हासिल गर्न सकिन्छ भन्ने सरकार स्पष्ट रहेको पनि बताउनु भयो ।  


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन