काठमाडौं I नेपालमा जाडोयाममा कन्डमको खपत बढ्ने तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा १ करोड ५८ लाखभन्दा बढी कन्डम आयात भएको छ, जसका लागि १० करोड ५४ लाख खर्च भएको छ।
गत वर्षभरमा ३ करोड ९२ लाख कन्डम आयात गर्न २४ करोड ६९ लाख खर्च भएको थियो। तथ्याङ्क अनुसार मङ्सिर महिनामा मात्र कन्डम आयात उच्च हुने गरेको छ।
२०७९र८० मा ३ करोड ६५ लाख कन्डम आयात भएको थियो, जसका लागि २१ करोड २८ लाख खर्च भएको थियो। हरेक जाडोयाममा कन्डम आयातमा वृद्धि हुने प्रवृत्ति दोहोरिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।