fbpx

सरकारसँग सरोकारवालाको मागः सहकारी नियमनको स्पष्ट मापदण्ड तोकियोस्

author

समाचारपाटी

३ महिना अगाडि

सरोकारवाला निकायहरुले सहकारी नियमनका लागि स्पष्ट मापदण्ड बनाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इ, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठक लगायतले सहकारी क्षेत्रको नियमनका लागि ऐन गरिएको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिएका हुन् । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईंले सहकारी नियमनका लागि मापदण्ड तय गरिएको नियमन र स्वनियमनको विवाद पनि आफँै समाप्त भएको जानेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सहकारीको सिद्धान्त र व्यवहारबीचमा देखिएको खाडल हटाउने गरी सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । 

प्रमुख कार्यकारी अधिकृत गुरागाईंले भन्नुभयो, ‘मलाई के लाग्छभने नियमन र स्वनियमनमा फरक चाहीँ के हो भने गराइदिने निकाय मात्रै फरक हो । मापदण्ड त एउटै हो नि त । कमसेकम मापदण्डकै विषयमा छलफलमा डिबेड भयो भने मैले आफैँले हेरेर ठिक राखे भने त जति वटा नियमनकारी भएपनि त्यसमा केही समस्या पर्नुपर्ने होइन । तर हामी स्वनियमन र नियमन भनेर पर्परमा अगाडि गर्छौं । अर्को सहकारीको सिद्धान्त र व्यवहारमा ठूलो ग्याप छ । त्यो फुलफिल हुनुपर्दछ ।’ 


राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारीमा देखिएका विद्यमान समस्या समाधानका लागि विद्यमान ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले सहकारीलाई संवैधानिक व्यवस्थाअनुसार प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो,‘सहकारी प्रवद्र्धन कोषको परिचालन, सहकारी कर्जा सूचना केन्द्र कालो सूचिमा राख्ने व्यवस्था, कर्जा असुली न्यायाधिकरण अनि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी रुपले चलाउने कुराहरु र त्यो सँगसँगै कर्जा तथा वचतको सुरक्षणको पनि प्रावधानहरु राखिएको थियो । त्यसलाई कार्यान्वयन गर्न नसकेको कारणले अहिले सहकारी भित्रको समस्या सडकदेखि सदनसम्म छ । सबै पूर्णरुपमा कार्यान्वयन भइदिएको भए यो समस्या आउँदैनथ्यो भन्ने हाम्रो भनाई हो । र यसभित्र संशोधन गर्नुपर्ने कुराहरुमा नेपालको संविधानले नै तीन खम्बे अर्थनीति भनेको छ । समाजवादउन्मुख अर्थ व्यवस्था भनियो । समाजवादको आधार बनाउने सहकारी क्षेत्र हो भन्नेकुरा राजनीतिक दलहरुले पनि स्वीकार गरिसकेको अवस्था छ । यसलाई प्राथमिकताका साथ अघि बढाउने कुरामा कसैको दुईमत छैन ।’ 

यता, नेपाल कृषि सहकारी केन्द्रिय संघले भने उत्पादनको क्षेत्रमा लागेका सहकारीहरुलाई सरकारले विशेष राहतको व्यवस्था गर्नुपर्ने बताएको छ । संघका केन्द्रिय अध्यक्ष खेम पाठकले सहकारीमा राजनीतिक दलहरुलाई घुसाउने र ध्वस्त पार्ने काम भइरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनेगरी स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कृषि उत्पादन र प्रशोधनमा लाग्ने सहकारीलाई ऐनमा राम्रो व्यवस्था हुनुपर्छ । सबैलाई एकैढंगले हेर्ने काम गर्नु भएन । यो उत्पादनमा क्षेत्रमा लाग्ने सहकारीको बारेमा सरकारले फरक ढंगले नीति ल्याउनुपर्दछ भन्नेकुरा हो । ऐनमा उल्लेख भएको कर्जा सूचना केन्द्र लगायतका व्यवस्था लागू हुनुपर्दछ । राजनीतिक पार्टीको कोटाबाट सहकारीमा छिर्ने र सहकारीलाई ध्वस्त पार्ने काम भएको छ । यसलाई रोक्नुपर्दछ ।’ 


अध्यक्ष पाठकले सहकारी क्षेत्रको सुधारका लागि सरकारले कर्जा सूचना केन्द्र लगायतलाई परिचालन गर्ने ऐनको परिचालनमा जोड दिनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.२४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन