fbpx

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

author

समाचारपाटी

२ महिना अगाडि

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।आईतवार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताउनु भयो । उहाँले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिनुभयो । मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताउनु भयो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने बताउनु भयो । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताउनु भयो । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताउनु भयो ।

 
उहाँले भन्नुभयो, ‘यो वर्ष क्यान इन्फोटेक २०२५, २०८१ माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना गर्दैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको छ । क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्नेछ ।’

उहाँले सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको बताउनु भयो । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामुहिक अवलोकनमा आउने अवलोकनकर्ताहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन