fbpx

गायक तथा संगीतकार योगेश वैद्यको उपचारकाे क्रममा निधन

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उहाँको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

उहाँका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उहाँका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।

उहाँको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बताएकाे हाे । वनस्पतीशास्त्रमा एमएससी गर्नुभएका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताउनुभएकाे थियाे । उहाँ २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे थियाे ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर