fbpx

तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु

author

समाचारपाटी

२ years अगाडि

चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले
फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमीका रहेको बताउनुभयाे । उहाँले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना
ल्याउनुपर्ने बताउनुभयाे ।

पोखरा २३ जनताले उत्पादन गरेको खाद्यकाे बजार बनाउनुपर्ने बताउनुभयाे । अरुको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताउनुभयाे । प्रदेश सभा गण्डकी निर्वतमान संसद राजिव पहारी पोखरा २३ को विकासको लागि आफुले पहल गरेको बताउनुभयाे । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुख पाएको जानकारी दिनुभयाे । आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउदै अहिले पोखरा २३ को मुहार फेरीएको सुनाउनुभयाे । यस्ता मेला महोत्सवले विकासमा सहयोग गर्ने पहारीको भनाइ छ ।
वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राख्नुभयाे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।

महोत्सव २८ गते सम्म हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयाे। २८ गते सम्म हुने महोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ । नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।

झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि