फेकोफन स्याङ्गजाको अध्यक्षमा तारा शर्मा चयन

author

समाचारपाटी

२ years अगाडि

हरिप्रसाद बास्तोला, पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्याङ्गजाको छैठौ अधिवेशनले तारा शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । चारबर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दिपेन्द्र गैरे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञ प्रसाद पाठक, कोषाध्यक्षमा तिलकुमारी रेग्मी निर्वाचित हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा डिल्लिराम भण्डारी, गोकुलराना, बलराम गिरी,सन्जु विश्वकर्मा, पर्वत आम्वा, सूर्यन्द्र प्रसाद रेग्मी, वीकुमारी सिग्देल,नारेन्द्र बहादुर के.सी. बुद्धि विश्वकर्मा, सन्तोषी शाही, विमला खत्री,दिपेन्द्र सुवेदी,झंकनाथ सुवेदी, दुर्गा नेपाली, यदुराज
उपाध्याय,केदारनाथ पौडेल, डिलमाया रेग्मी र सुमित्रा पौडेल रहनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले अधिवेशनको उद्घाटन गर्दै मुलुकमा वन पैदावार उपयोग गर्ने सहज नितीको खाँचो औल्याउनु भयो । जिल्ला महासंघ श्याङजाको छैठौ अधिवेशनको आज उद्घाटन गर्दै
उहाँले सामुदयिक वन पैदावार निकासीमा कानूनी अड्चनको कारण हरियो वन समृद्धिको आधार बन्न नसकेको स्पष्ट पार्नुभयो । “सामुदायिक वन उपभोक्ता महासंघ धर्म, विचार र भूगोलको हिसावले प्रतिनिधित्व गर्ने संगठन होइन” उहाँले भन्नुभयो, वन क्षेत्रमा वहुमुल्य काठ, जडिवुटी कुहिएर खेर जाने र खरवौ रुपैयाको काठ आयात गर्ने प्रवृतिको अन्त्य हुनुको विकल्प छैन ।

महासंघले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै आएको उल्लेख गर्दै उहाँले वन पैदावार उपयोग गर्ने निती
निर्माणमा तिनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो । निकुञ्ज र संरक्षण क्षेत्र विस्तार होईन, प्राकृतिक श्रोतको संरक्षण, प्रवद्धन र उपयोग स्थानीय जनसमुदायको मौलिक अधिकार सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो ।

गण्डकी प्रदेश सभा सदस्य सुधिर पौडेलले महासंघ राजनैतिक परिवर्तनको पहिलो खड्किलो रहेको बताउँदै संरक्षण गर्नेले निर्वाधरुपमा उपयोग गर्ने निती आवश्यक रहेको बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले स्थानीय जनतालाई सर्वसुलभ तरिकाले वन पैदावार उपग गर्नका लागि डिभिजन र सवडिभिजन कार्यालयको अधिकारलाई स्थानीय तहमा हस्तान्तरण गरिनुको विकल्प नभएको वताउनुभयो ।

कृषि वन, पर्यापर्यटन विकाससंगै वन उद्यम सञ्चालन गर्दा वाह्रय नभई समुहबाटै हुनु पर्नेमा जोड दिंदै स्थानीय पालिकाले वन ऐन निर्माण गरि कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड दिनुभयो । कार्यक्रममा सामुदायिक वनका बिभिन्न पदमा रहि कार्य सम्पादनका क्रममा स्थानीय र प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

महासंघ स्याङ्गजाका अध्यक्ष दोवबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोजा गाउँपालिकाका अध्यक्ष विश्वराज
पौडेल,फेदीखोला गाउँपालिकाका अध्यक्ष धनश्याम सुवेदी, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, नेकाका सुरजकुमार अधिकारी, राप्रपाका पदम श्रेष्ठ, पत्रकार ओमप्रकाश शर्मा लगायतले सामुदायिक वनको महत्व र उपयोगीता बारेमा चर्चा गर्नुभएको थियो । अधिवशेनमा दोवबहादुर कार्कीले सांगठनिक र कोषाध्यक्ष सिता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन