fbpx

सामुदायिक वनको प्राकृतिक श्रोतलाई समृद्धिको आधार वनाउनु पर्नेमा जोड

author

समाचारपाटी

१ year अगाडि

हरिप्रसाद बास्तोाला,पाेखरा । सामुदायिक वनको प्राकृतिक श्रोतलाई संरक्षणकर्ताको अधिकारको सुनिश्चित सहित मुलुकको समृद्धिको आधार बनाउनु पर्नेमा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । “उत्पादन, रोजगार र संमृद्धिका लागि सामुदायिक वन व्यवस्थापन” यस बर्षको नारा रहेको सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा पोखरा २५ सुईखेतस्थित एक्लेगरा सामुदायिक वनमा आयोजित बृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताले वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयाे ।

सो अवसरमा सामुदायिक वन समुहको खाली क्षेत्रमा निम, तेजपात,चाँप,हर्रो, बर्रो लगायत विभिन्न जातका ३०० विरुवा रोपिएको थियो । आवश्यक विरुवा डिभिजन वन कार्यालय कास्कीबाट उपलव्ध गराईएको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समितिका कास्कीका उपप्रमुख सरिता कुमालले चाँपको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका वडा नं. २५ वडाअध्यक्ष एवम् महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले वातावरण संरक्षणमा महत्वर्पूण भूमिका खेल्दै आएको सामुदायिक वनलाई उपभोक्तासंगै मुलुकको समृद्धिसंग जोडनु पर्ने खाँचो औल्याउनुभयो ।

सामुदायिक वनमा काठ कुहिएर नष्ट हुने र विदेशबाट अरवौ रुपैयाको काठ तथा काठ जन्य सामाग्री आयात हुने प्रवृद्धिको अन्त्य गर्दै स्वदेशी काठको प्रयोग बढाउनु पर्नेमा उहाँको जोड थियो । महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले सामुदायिक वन काठको लागि मात्र नभई वातावरणीय र भूक्षय रोक्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यसको उचित उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको अवधाणाले नांङ्गा डाँडापाखा हरियालीमा परिणत भएको बताउँदै उपभोक्ताको योगदानको उच्च कदर गर्दै वन पैदावारमा जथाभावी कर नलगाउन सातवटै प्रदेश सरकारसंग जोडदार माग गर्नुभएको छ । वन समुहका अध्यक्ष दिननाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, लियो क्वलका डिष्ट्रिक एडभाइजर पुजन शाक्य लगायतले वृक्षारोपाको आवश्यकता एवम् वातावरण संरक्षणमा सामुदायिक वन खेल्दै आएको भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।

वन समुहका सचिव माधव अधिकारीका अनुसार चार हेक्टर क्षेत्रफल रहेको वन समुहमा २२ घर परिवार उपभोक्ता आवद्ध छन् । सामुदायिक वनको संरक्षण र प्रवद्र्धनसंगै बाँदर लगायत वन्यजन्तुको आतंक बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । वृक्षारोपण कार्यक्रममा लियो क्लव अफ पोखरा गण्डकीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन