fbpx

‘अब संस्कार पनि यस्ता सामुदायिक शैक्षिक संस्थाले सिकाउनुपर्ने आवश्यकता छ’:-उत्तम जोशी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताउनुभएकाे छ । सामुदायिक संस्थाको महत्व समुदायले नबुझ्दा समस्या पर्ने गरेको उहाँहरुको भनाई छ ।

पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताउनुभयाे । सामुदायिक संस्था त्यो समुदायको पहिचान समेत भएको उहाँहरुको भनाई छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग
चाहिने उहाँहरुले बताउनुभयाे ।

टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस संचालक समिति,समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभातिामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताउनुभयाे । ‘गुणस्तरीय र संख्यात्मकमा मात्र ध्यान नदिई अब संस्कार पनि यस्ता सामुदायिक शैक्षिक संस्थाले सिकाउनुपर्ने आवश्यकता छ । किनकी पछिल्लो पुस्ता संस्कारका
सिकाईबाट बिमुख हुँदै गएको छ,’ उहाँले भन्नुभयाे ।

पोखरा–९, बास्तोलाथर टोल विकास संस्थाका प्रकाश बास्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको बताउनुभयाे । उहाँले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने बताउनुभयाे । ‘विद्यार्थीको रुची अनुसारको शिक्षा दिने हो भने नजिकैको क्याम्पसमा पक्कै आउनेछन, त्यसका लागि सबैको सहकार्य उत्तिकै
महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयाे, ‘विद्यार्थीले कस्तो शिक्षा र विषय चाहेको हो भन्ने बुझ्ने हो भने सामुदायिक संस्था पनि अब्बल हुनेछन् ।’

स्थानीय जनकल्याण महिला समुहकी अध्यक्ष बिमला परियारलले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभाकवको कर्तव्य पुरा नहुने बताउनुभयाे । आफ्ना छोराछोरीले कस्तो पढेका छन र शिक्षकको अध्यापन शैली कस्तो छ भनेर अभिभाकवले पनि चाँसो दिनुपर्ने उहाँले बताउनुभयाे।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले शैक्षिक सस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने सुझाउनुभयाे । ‘सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिन्छ, सामुदायिक भन्नासाथ समुदायको भरमा चल्ने हो, यस्ता संस्थामा समुदाय पनि सहभागी हुनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘सहरको पहिचानमा विभिन्न सुविधा चाहिए जस्तै सामुदायिक शैक्षिक
संस्था पनि आवश्यक छ । पोखराको पहिचान भित्र सामुदायिक क्याम्पस पनि पर्छ ।’ यस्ता संस्थालाई समुदायको निगरानी चाहिने उहाँले बताउनुभयाे ।

पोखरा बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले सामुहिक प्रयासमा क्याम्पस संचालन भएकोले अबको बाटोमा पनि समुदायको साथ चाहिने बताउनुभयाे । संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताउनुभयाे । सामुदायिक सम्पत्ति संरक्षणमा सबैको उत्तिकै योगदान हुने उहाँले बताउनुभयाे । ‘यो क्याम्पस समुदायको पनि सम्पत्ति हो, सबै मिलेर संरक्षण गरौ,’ उहाँले भन्नुभयाे ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले महंगो स्वास्थ्य र शिक्षाका कारण अहिले स्वदेशमा भविश्य सुरक्षित नदेखेर धेरै युवायुवती विदेशिएकोले उनीहरुलाई रोक्नका लागि पनि सामुदायिक संस्था महत्वपूर्ण रहेको बताउनुभयाे । ‘सस्तो र सुलभ दरमा स्वदेशमै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने निश्चित हुने हो भने पढ्नकै लागि बाहिर जानुपर्ने थिएन,’ उहाँले भन्नुभयाे ।

सामुदायिक शैक्षिक संस्था समुदायको पनि सम्पत्ति भएकोले सबै मिलेर संरक्षणमा जुट्ने हो भने यसले समुदायलाई नै लाभ दिने उहाँले बताउनुभयाे । २०४४ सालमा स्थापना भएको यो क्याम्पस अहिले पोखरा–९ शान्तिबन बाटिकामा संचालित छ । क्याम्पसमा चारवर्षे स्नातक तहमा बिए र बिबिएस अध्यापन हुन्छ ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२१.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने