fbpx

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो ।

दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र सुनारले जानकारी दिनुभयाे । ''सबैभन्दा बढि विभेद भोग्ने र उपेक्षामा पारिएका भनेकै कर्णालीका दलितहरु हुन् । र, संख्याको हिसाबले पनि कर्णालीमा देशकै सबैभन्दा धेरै दलितहरुको जनसंख्याको बसोबास रहेको छ ।'' कर्णालीबाटै अभियान शुरु गर्नुको तात्पर्य बुझाउँदै सुनारले भन्नुभयाे, ''त्यसैले पनि कर्णालीमै हामी पहिलो चरणमा केन्द्रित भएका हौँ । र, कर्णालीमा यो अभियान शुरु भएसँगै समुदायस्तरबाट धेरै ठाऊँमा हामीलाई बोलावट आएको छ । यसलाई हामीले देशव्यापी बनाउँछौँ ।''

दलित समुदायलाई सामाजिक र राजनीतिक रुपमै नेतृत्वमा ल्याउन आवश्यक रहेकोले जनस्तरमै त्यसको चेत जगाउन अभियान गर्नुपरेको सुनारले प्रस्ट्याउनुभयाे । ''सामाजिक रुपमा अझै पनि दलितमाथि विभेद छ । जातकै कारण हाम्रा दाजुभाई, बाहरु मारिएका छन् । छोरी चेली र आमाहरु बलात्कृत भैरहेकै छन् ।'' अभियन्ता सुनारले भन्नुभयाे, ''त्यस्तै राजनीतिक रुपमा पनि हाम्रो समुदायले यो व्यवस्थाको लागि जुन बलिदानी दिएको थियो, त्यसको कदर भएको छैन । पछिल्लो पटक भएको प्रत्येक सरकारको हेराफेरीमा एकजना दलित मन्त्रीमण्डलमा छनौटमा पर्न सकिरहेका छैनन् ।'' अभियन्ता सुनारले आफ्नो लागि आफै र दलितका लागि दलित नै लाग्नुपर्ने कुराको सचेतना समुदायस्तरमा फैलाउने अभियानको उद्देश्य रहेको सुनाउनुभयाे ।

कर्णाली प्रदेशको सुर्खेतबाट समुदाय जागरण अभियान शुरु भएको हो । सुर्खेतमा भएको जागरण अभियानमा समुदायस्तरबाट बाक्लो जनउपस्थिती रहेको थियो । सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय साँच्चै ठुलो समस्यामा रहेको तथ्य सुनाउनुभयाे । दलित समुदायले आफ्नो अधिकार प्राप्तिका लागि ठुलो लडाँई लड्न आवश्यक रहेको उहाँले बताउनुभयाे । त्यसो त आफू दलित आयोगमा रहेर समुदायमाथिको विभेदविरुद्ध आवाज उठाउँदा पनि राज्यले वास्ता नगर्ने गरेको उहाँले गुनासो गर्नुभयाे ।

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले कर्णाली प्रदेशमा सबैभन्दा बढि जनसंख्या दलित समुदायको रहिरहँदा पनि राज्यले समुदायलाई सँधै उपेक्षा गरिरहेको बताउनुभयाे । ुराज्यले न समुदायको पक्षमा केही बोल्छ, न त नीतिगत रुपमै गर्नुपर्ने केही काम गर्छ ।'' उहाँले भन्नुभयाे, ''सबैभन्दा ठुलो संख्यामा दलित रहेको र उनीहरु नै सबैभन्दा विभेद सहेर बाँच्नुपरेको तथ्यलाई राज्यले सँधै उपेक्षा गरिरहेको छ । आफूले प्रदेशसभामार्फत दलितहरुको पक्षमा आवाज उठाईरहेको भएपनि सडकबाट दलित आन्दोलनमार्फत पनि राज्यलाई दबाब दिन आवश्यक रहेको उहाँले बताउनुभयाे ।

कार्यक्रममा लोकदोहोरी गायक राजु परियारले पनि विशेष प्रस्तुती दिनुभएकाे थियाे । उहाँले गीतमार्फत नै अब कसैलाई पनि सुनपानीले छर्कन नपर्ने खालको समाज निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयाे । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले जनप्रतिनीधिको रुपमा पनि आफूले जातीय विभेद सहनुपरिरहेको किस्सा सुनाउनुभएकाे थियाे । साथै उहाँले जनस्तरमा आफूले समुदायको लागि काम गर्न खोज्दा पनि राजनीतिक रुपमा पेलान्मा पारिएको बताउनुभएकाे थियाे ।

अभियान अन्तरगत आन्दोलनका संयोजक खगेन्द्र सुनार आफ्नो समूहसहित यतिबेला कर्णालीका विभिन्न स्थानहरुमा पुगिरहेका छ । दलित समुदायको अवस्थासँगै उनीहरुको सामाजिक र राजनीतिक चिन्तनको बारेमा सुनार सहितको टोलीले मिहिन ढंगले अध्ययन पनि गरिरहेको जनाएको छ ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन