fbpx

२० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।

आज सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।

उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयक संसदबाट पास गर्ने भन्नेबारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिनुभएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्रीले संसद्को बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरू लैजाने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

उहाँले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताउनुभयो । आफूले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐनजस्ता विधेयकलाई संसद्को बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको सांसद यादवले सुनाउनुभयो ।

हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा झन्डै २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभएको उहाँको भनाइ छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हीतराज पाण्डेले बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकहरूलाई कसरी जनमुखी बनाउने, नागरिकका आवश्यकतालाई कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने, अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल गर्नुभएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुरु भए पनि संसद्ले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले संसद्लाई कसरी सुरु गर्ने भन्नेबारेमा छलफल गरेको बताउनुभयो ।

संसद् सुरु भए पनि संसद्का प्राविधिक कुराहरूमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसद्लाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको उहाँको भनाइ छ ।

नेकपा एकीकृत समाजवादी का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसदमा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिनुभएको बताउनुभयो । उहाँले सहजरूपमा सरकारले संसदमा विधेयकहरू पेस गर्नका लागि के कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताउनुभयो ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...