fbpx

आमा बुवालाई हेरबिचार गर्न हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आग्रह

author

समाचारपाटी

२ years अगाडि

आमा बुवा सबै भन्दा ठुला देवताभएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गर्नु भएको छ । श्रेष्ठले आमा बुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुन्य प्राप्त हुने बताउँदै युवा पुस्तालाई व्यक्तिवादि स्वार्थबाट माथि उठ्न आग्रह गर्नु भयो ।

ललितपुरको लामाटार क्षेत्रमा आज जेष्ठ नागरिकलाई कम्वल वितरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय जेष्ठ नागरिकहरु अपहेलित हुनु परेको बताउनु भयो । लामाटार कृषि वहुउद्देशीय सहकारी संस्थाले आज लामाटारको राममन्दीर परिसरमा श्रेष्ठको प्रमुख अतिथ्यमा बिषेश कार्यक्रमको आयोजना गरेर २ सय भन्दा बढि जेष्ठ नागरिकलाई जाडोमा न्यानो हुने कम्वल वितरण गरेको हो ।

संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राम मन्दिर परिसरमा न्यानो हुने कम्वल प्रदान गरि जेष्ठ नागरिकको सम्मान गरेर आफुहरुले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्र प्रतिनै भैरहेको अविस्वासको अन्त्य गर्न खोजेको बताउनु भयो । संस्थाका संचालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हक हितका लागि काम गर्दै आएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन