fbpx

‘बेतले बेकरी’ र युथ कम्युनिटी क्लव बीच सहकार्य

author

समाचारपाटी

२ years अगाडि


पोखरा । युवाहरु बीच साथ सहयोग र सहकार्य भन्ने मुल अभिप्रायका साथ सञ्चालित युथ कम्युनिटी क्लवका सदस्यहरु र युवा ब्यवसायी ईन प्रसाद घर्तीले सञ्चालनमा ल्याएको बेतले बेकरी बीच सहकार्य गर्ने भएको छ । युवा ब्यवसायी घर्तीले आफ्नो बेकरी हाउसबाट उत्पादन हुदै आएको केकको खरिदमा युथ कम्युनिटी क्लबका सदस्यहरुलाई २० प्रतिशत छुटमा केक उपलब्ध गराउने हुनुभएकाे हाे ।

युवाले युवाहरुलाई साथ, सहयोग र सहकार्य गर्ने उद्देश्य अनुरुप युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यहरुसंग सहकार्य गर्ने गरी आफ्नो बेकरी हाउसबाट उत्पादन हुने कुनैपनि केकमा २० प्रतिशत छुट दिने हुनुभएकाे हाे । एक कार्यक्रमका बीच युथ
कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ र बेतले बेकरी हाउसका सञ्चालक ईन प्रसाद घर्ती बीच सम्झौता पत्रमा हस्ताक्षर गरी क्लवमा आवद्ध सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएकाे हाे ।

सञ्चालक घर्तीले पछिल्लो समय बर्थडे लगायत हरेक शुभकार्यहरुमा केकको प्रयोग हुने गरेको र सोही अनुरुप युथ कम्युनिटी क्लवबका सदस्यहरुलाई हरेक समारोहमा प्रयोग हुने केकमा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सहकार्य गर्न आफु तयार
रहेको बताउनुभयाे ।

सो अवसरमा वोल्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले पछिल्लो समय केक र शुभ कार्य एक अर्काका पर्यायबाची जस्तै बनेको र युवाहरु बीच साथ सहयोग र सहकार्य गर्ने आफुहरुको उद्देश्य अनुरुप युवा ब्यवसायीहरुको
ब्यवसायलाई टेवा पुग्ने गरी आफुहरुले बेतले बेकरी हाउस संग सहकार्य गरेको बताउनुभयाे । बेकरी हाउस संगको सहकार्यले क्लवमा आवद्ध सदस्यहरुलाई पनि सहुलियत हुने र बेकरी हाउसको प्रवद्र्धनमा समेत टेवा पुग्ने श्रेष्ठको भनाइ रहेको
थियो ।

श्री मित्रता सहकारीका सदस्यलाई बेतले बेकरीमा छुट
पोखरा । बेतले बेकरीले श्री मित्रता सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध गराउने भएको छ । श्री मित्रता बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध सदस्यहरुको सहुलियतलाई मध्यनगर गर्दै सहकारी र बेकरी बीच सहकारीमा आबद्ध सदस्यहरुलाई केक खरिदमा २० प्रतिशत छुट उपलब्ध गराउने सहमति भएको हो । हालै एक कार्यक्रमका बीच बेतले
बेकरीका संचालक ईन प्रसाद घर्ती र श्री मित्रता बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जयन्ती मोक्तान बीच सहमती पत्रमा हस्ताक्षर भएको हो।

सो अवसरमा वोल्दै सहकारीका अध्यक्ष जयन्ती मोक्तानले सहकारीमा आवद्ध सदसस्यहरुलाई लक्षित गरी बेतले बेकरी हाउस संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताउनुभयाे । पछिल्लो समय हरेक शुभ कार्यमा केक काट्ने प्रचलन
भएको बताउदै मोक्तानले बेकरी हाउस संगको सहकार्यले सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध हुने बताउनुभयाे ।

त्यस्तै बेतले बेकरी हाउसका संचालक ईन प्रसाद घर्तीले आफ्नो कम्पनीले सहकारी संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहकारी संगको सहकार्यले आफ्नो उत्पादनलाई बजारीकरण गर्न थप टेवा पुग्ने बताउनुभयाे । सहकारीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले केकमा सहुलियत पाउनका लागी सहकारीमा आवद्ध भएको सदस्य कार्डको आवश्यक्ता पर्ने बताउदै सहकारीले ब्यवसायीहरु संग सहकार्य गरेर अगाडि वढ्ने समेत बताउनुभयाे । त्यसैगरी सहकारीमा आवद्ध बाल बचत कर्ताहरुलाई जन्मदिनको उपलक्ष्यमा निशुल्क केक उपलब्ध गराउदै आइरहेको समेत श्रेष्ठले जानकारी दिनुभयाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन