fbpx

लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने

author

समाचारपाटी

१ महिना अगाडि

लेखनाथ । पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र कोरियाको च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले हस्ताक्षर गरेका थिए ।

दुई कलेजका विच शैक्षिक सूचना र सांस्कृतिक आदान प्रदान, भाषा तालिम र विद्यार्थी आदान प्रदान, सहकार्यात्मक र अनुसन्धान, विभिन्न क्षेत्रको तालिममा सहकार्य गर्ने संझौता भएको छ । कलेजहरुका विचमा राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा हुने सभा सम्मेलनमा संयुक्त रुपमा सहभागीता, दुवै कलेजका संकाय सदस्यहरुका विच क्षमता अभिबृद्धिका कार्यक्रम र शिक्षक र कर्मचारीका लागि प्रशिक्षण लगायतका कार्यक्रम आदान प्रदान गर्ने समझदारी भएको छ । यसैगरी सांस्कृतिक पर्यटक आदान प्रदान गर्ने पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिवेणी इन्टरनेशलन कलेजका अध्यक्ष सुमन भट्टराईले प्राविधिक शिक्षामा अगाडी रहेको कलेजसँगको सम्वन्धले विद्यार्थी र शिक्षकले प्रविधिको प्रयोग र अनुसन्धानमा धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।
च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले नेपालीहरुको आतिथ्यताको प्रसंसा गर्दै, नेपाली विद्यार्थीलाई कलेजमा छात्रबृत्ति प्रदान गरिने बताउनु भयो । कला र संस्कृतिलाई प्रविधिसँग अभ्यस्त गराउन सहयोग र विद्यार्थी आदान प्रदान कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा च्योङआम कलेजका योजना विभाग प्रमुख यङ होसिङ, उक्त कलेजका विदेश मामिला तथा व्यवस्थापन र शिक्षा प्रमुख आलोक बस्ताकोटी, त्रिवेणीका सल्लाहकार बाबुराम गिरी, राजेन्द्रमणि लामिछाने, लोकराज ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, शैक्षिक परामर्शदाता प्रा.डा. इन्द्रप्रसाद त्रिवारी, कलेजका संस्थापक अध्यक्ष शेखर बस्ताकोटी, संचालक समितिका सदस्य विनोद लामिछाने, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले दुई देशका कलेजका विषयमा बोल्नु भएको थियो ।

लेखनाथ क्षेत्रमा अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजले व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराउँदै आएको छ । यसैबिच उक्त कलेजले लेखनाथको खाष्टे, गुँदे र न्यूरेनी तालको विकास, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाषा र प्रविधिको ज्ञान एवं सांस्कृतिक पर्यटक आदान प्रदान गर्ने गरी सहकार्य गर्ने समेत प्रतिवद्धता जनाएको छ । कलेजका अध्यक्ष हङ र पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाका विच भेटवार्ताका क्रममा उक्त कार्यका लागि सहकार्य गर्ने प्रतिवद्धता आएको हो । टोलीले वडा कार्यालयको भ्रमण गरी कलेज अवस्थित नगर र पोखराका विचमा पनि तालहरुका विषयमा समान विशेषता रहेको उल्लेख गरेको थियो ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन