fbpx

चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर– प्रशिक्षक एनेस

author

समाचारपाटी

४ महिना अगाडि

नेपाली युवा टोलीका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिव एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीलाई अवसर हुने बताउनुभएको छ ।  
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदैछ । सोही खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन् । यसको तयारी पोखरामा पनि पनि गरेको प्रशिक्षकले उल्लेख गर्नुभयो । उहाँले अधिकांश यु–२० उमेरसमूहका खेलाडी र एक जना यु–१६ खेलाडी पनि टोलीमा समावेश गरेको बताउनु भयो । नेपालस्थित चीनियाँ राजदुतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा सो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । खेल दशरथ रंगशालामा शनिवार दिउँसो ३ बजे शुरु हुनेछ । अधिकांश खेलाडी विदेसिएका समयमा यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने बताउनु भयो । साथै प्रशिक्षक एनेसले नेपालबाट खेलाडी मात्र नभई धेरै जना विदेश जाने गरेको र जुन निकै दुःखद् पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले धेरै क्षमतावान खेलाडी गुमाउनुपरेको उहाँको भनाइ छ ।

नेपाली छिमेकी राष्ट्र भारतको पछिल्लो समय एशियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेलेका खेलाडी रहेको बताउनु भयो । भारतमा प्रशिक्षकले पनि लामो समय टिम हेर्न पाएकाले नतिजा राम्रो आएको धारणा राख्नुभयो  यद्यपि नेपालमा लगातार टोलीमा परिवर्तन भइरहनु दुःखद् पक्ष रहेको उनको धारणा छ । तर पनि यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो । युवा खेलाडीले यो मैत्रीपूर्ण खेललाई अवसरका रूपमा लिने उनको भनाइ छ । नेपालले गत वर्ष एशियन गेम्समा यु–२३ पुरुष फुटबल खेल्न नपाएकाले यो मैत्रीपूर्ण खेल युवा टोलीका लागि अवसर हुने विश्वास व्यक्त गर्नुभयो ।  

एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ । कप्तान मनिषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भएपनि तयारी राम्रो भएको बताउनु भयो । आफ्नो कप्तानी जिम्मेवारीमा उत्साहित भन्दा पनि खेलमा मात्र केन्द्रित भएको मनिषको भनाइ छ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । पहिलो हाफको अन्तरालपछि पनि केही प्रश्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ । 

चिङ्घाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएका हुन् । उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन् । चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङलिनले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदनप्रदान गर्न खेलले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । प्रशिक्षक बादेङले नेपाली टोली राम्रो रहेको आफूले सुनेको उल्लेख गर्दै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गर्नुभयो ।  

चिनिया टोलीले यो खेलबाट दुई देशको सम्बन्धलाई राम्रो बनाउने विश्वास लिएको छ । लगभग एक महिनाको तयारी गरेर नेपाल आएको टोलीका नेताले जानकारी दिनुभयो । साथै सो चिनियाँ टोलीले यो अवसरमा सांस्कृतिक आदनप्रदानका लागि यो खेल निक्कै महत्वपूर्ण हुने विश्वास राखेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौंदेखि ल्हसा र ल्हसादेखि काठमाडौंको हवाई टिकटसमेत प्रदान गरिने जानकारी दिएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन