कपडा व्यवसायी एशेसिएशनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन

author

समाचारपाटी

२ years अगाडि

कपडा व्यवसायी एशेसिएशन कास्कीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा आयोजित कार्यक्रममा ५२ जना रक्तदाताहरूले रक्तदान गरेका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले व्यवसायीहरूले व्यापार व्यवसायका साथै उत्कृष्ट सामाजिक कार्यहरू समेत गर्दै आइरहेको बताउनुभयो । कपडा व्यवसायी एशेसिएशन पोखरा उद्योग वाणिज्य सङ्घको उत्कृष्ट वस्तुगत सङ्घका रूपमा स्थापित भैसकेको उल्लेख गर्दै उहाँले यसका गतिविधिहरू स्मरणयोग्य रहेको बताउनुभयो ।

व्यवसायीहरूको छाता संस्थाका हैसियतले सङ्घ व्यवसायीका तमाम समस्याहरूको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । बजारमा उत्पन्न कठिनाइ लगायत राज्यका तर्फबाट हुनु पर्ने नीतिगत सुधार तथा सहजिकरणमा आफूहरू निरन्तर लागि रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, फ्लोरिङ एन्ड फर्नेसिङ व्यवसायी सङ्घ कास्कीका अध्यक्ष जीवन प्रकाश श्रेष्ठ, थोक व्यवसायी सङ्घका अध्यक्ष टिकाराम सुवेदी, कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष दुर्गा बराल, बुद्ध विशाल बजार व्यापारिक एशेसिएशनका उपाध्यक्ष इन्द्र अर्याल लगायतले व्यवसायीक समस्याहरूको समाधानका लागि एकीकृत प्रयासमा जोड दिनुभयो ।

एशेसिएशनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । नियमित कार्यक्रमका रूपमा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

संस्था अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेल र सञ्चालन संस्थाका सचिव एवं कार्यक्रमका संयोजक पूर्ण बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान