fbpx

जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याइने

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ ।


आगामी आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा आयोगले सबै तहका सरकारलाई पत्राचार गरी १६ औँ योजनामा  उल्लेखित हरित तथा जलवायुमैत्री विकासको लक्ष्य हासिल गर्न सबै नीति, रणनीति र बजेटलाई जलवायु उत्तरदायी बनाउन ध्यानाकर्षण गराएको छ । पछिल्ला दिनहरुमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको तथा कतिपय विकासहरु विपद्का कारक बन्ने गरेको स्मरण गर्दै आयोगले विकास निर्माणलाई जलवायुमैत्री बनाउन भनेको छ । आयोगले १६ आँै योजनाका रुपातरणकारी क्षेत्र, विषयक्षेत्र एवं कार्यक्रमहरुमा समन्वयात्मक अतिरिक्त लाभ सिर्जना गर्नेगरी कार्य गर्न भनेको छ । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै आयोगका सचिव मधुकुमार मरासिनीले १६ औँ योजनामा हरित तथा जलवायुमैत्री विकासलाई प्राथमिकतामा राखिएकाले योजना कार्यान्वयनको पहिलो वर्षदेखि नै तीन वटै तहका सरकारका बजेट, नीति तथा रणनीतिमा त्यसको प्रभाव देखिने गरी काम हुने विश्वास आयोगले लिएको बताउनु भयो । 

उहाँले भन्नुभयो ‘जलवायु परिवर्तनको विषय संघीय सरकारको विषय मात्रै होइन । त्यसैले १६ औँ योजना कार्यान्वययनमा सबै तहका सरकारहरु जलवायु उत्तरदायी हुनुप¥यो । १६ औँ योजना कार्यान्वयनको पहिलो वर्ष पनि भएको र जलवायु परिवर्तनको विषय क्रस कटिङ भएकाले केन्द्रित तहसँगै तल्लो तहसम्म समान बुझाई हुन आवश्यक छ । हाम्रा विकासका प्रयासले प्रकृतिको संरक्षण गर्दै दिगो विकास हासिल गरोस् । हामीले १६ औँ योजना अवधिभरमा अथवा अन्तिम वर्ष सम्ममा जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पु¥याउने भनेर प्रतिवद्धता गरेका छौँ । सबैभन्दा ठूलो कुरा अपनत्व ग्रहण गर्ने विषय हो । हामीले जलवायु परिवर्तन र जलवायुमैत्री पुर्वाधार निर्माणका विषयमा बुझाउनु जरुरी छ । विगतमा पूर्वाधारमा लगानी बढाउनुपर्ने थियो । तर आज तिनै पूर्वाधार विपद्को कारक बनेका छन् । हामीले गर्ने विकास अब जलवायुमैत्री हुनुपर्छ र हाम्रा विकास निर्माणका बजेट जलवायु उत्तरदायी हुनुपर्छ । ’


आयोगले अहिले १६ औँ योजनाको कार्यान्वयन कार्ययोजना बनाइरहेको छ । आयोगको कार्यायोजनामा जलवायु परिवर्तन अनुकुलन, प्रदूषण नियन्त्रण, विपद् जोखिम न्युनिकरण तथा कार्बन न्युनिकरणका लागि आन्तरिक र वाह्य लगानी केन्द्रित गर्नुको साथै राष्ट्रिय अनुकुलन योजना तथा स्थानीय अनुकुलन कार्य योजना कार्यान्वयन गर्दै नेपालको विकास गतिविधिलाई कार्बन न्युनिकरण लक्ष्यतर्फ उन्मुख गरिने उल्लेख छ । त्यसैगरी विकसित मुलुक तथा विकास साझेदारहरूले जलवायु परिवर्तनको क्षेत्रमा प्रश्ताव गरेका विकास सहायता प्राप्त गर्न कुटनीतिक संवाद, सहमति, र सम्झौताहरू अघि बढाउने गरी काम गरिने पनि सचिव मरासिनीले बताउनु भयो ।  उहाँले अन्तर्राष्ट्रिय जलवायु कोष, कार्बन व्यापार, निजी क्षेत्र तथा विकास साझेदारहरूको सहयोग बिस्तार गर्न पहल गरिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन