जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

author

समाचारपाटी

२ years अगाडि

सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ  । युएईको  दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रश्तुत गर्ने बताएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वन तथा वातवरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रश्तुत हुने बताउनु भयो ।

उहाँले सरकारले कुनकुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरुसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने बताउनु भयो । उहाँले राम्रो एजेण्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरको बारेमा विश्वमञ्चमा आफ्नो आवाज उठाउनसक्ने बताउनु भयो । उहाँले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताउनु भयो । उहाँले हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने बताउनु भयो । हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरु मिलेर आवाज उठाउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालले जलवायु परिवर्तनसम्बन्धी कोपमा भाग लिँदैछ । यसमा हाम्रो तीन, चार किसिमको तयारी छ । नेपालको सिस्टमेटिकल्ली रोडम्याप नै बनाएर केके काम गर्ने ? कसरी तयारी गर्ने भनेर रोडम्याप बनाएका छौँ । त्यो अनुसार अघि बढेका छौँ । एउटा पोजिसन पेपर । हामीले कुनकुन विषयलाई जोड गर्ने ? कुन प्राथमिकतामा राख्ने ? कुन विषय वार्ताका क्रममा नबोल्ने पनि हुन्छन् । हाम्रा महत्वपूर्ण कुराहरु पहिचान गरेर हाम्रा मुख्य एजेण्डाहरु तयार पारेका छौँ । एउटा पोजिशन पेपर लिएर जाने र सबैले जहाँ गएपनि एउटै आवाज भन्नेछौँ । इन्क्लुसिभ टिम । टिम राम्रो र इफेक्टिभ टिम गए राम्रो हुनेछ । त्यो अनुसार जानेछौँ । एजेण्डा यहाँबाट माझेर जानेछौँ । छलफल गरेर जानेछौँ । हाम्रा आवश्यकतालाई राख्नुपर्नेछ । त्यहाँ सबै देशका जानुहुन्छ, त्यसलाई अवसरका रुपमा लिने गरी अनौपचारिक रुपमा भेटघाट गरेर हाम्रा समस्याहरु राख्नेछौँ । त्यसले क्लाइमेट फाइनान्स, सपोर्ट, एक्सममा सहयोग पुग्नेछ । नेगोसिएसशनमार्फत, पेभेलियमा साइट कार्यक्रममार्फत र अर्को बाइलेटरल मिटिङमा राख्ने गरी तयारी गर्दैछौँ । हिमालको बारेमा हामी गम्भीर छौँ । माउण्टेन इस्युलाई अघि बढाउन पनि हाम्रो प्रयास हुन्छ । हिमाललाई छुट्टै एजेण्डा बनेर पनि जानसक्छ वा अर्कोमा घुसाएर पनि जानसक्छ । अरु देशसँग वार्ता गर्नेछौँ । माउण्टेनको एजेण्डामा एक्लै बोलेर पनि हुँदैन, अरु देशसँग सरसल्लाह गरेर अघि बढाउनुपर्छ ।’
उहाँले हिमाललाई छुट्टै एजेण्डा बनाएर जान अन्य देशहरुसँग पनि छलफल गर्नुपर्ने भएकाले अरु देशसँगको छलफल जारी रहेको बताउनु भयो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...