fbpx

नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने

author

समाचारपाटी

१0 महिना अगाडि

नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आगामी जेठको ९ र १० गते सो संवाद गर्न लागिएको जानकारी गराएको हो । कोप—२८ मा नेपालले पारेको प्रभाव अनुसार सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रम नेपालमा नै गर्न सम्भव भएको वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले बताउनु भयो । उहाँले सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रमलाई सफल पार्न तीन वटै तहको सरकारलाई आह्वान गर्नुभयो । सगरमाथाजस्तो हिम शिखर उजाड भएकाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न पनि नेपालले सो संवाद कार्यक्रम आयोजना गर्नुपरेको स्पष्ट पार्नुभयो । 

मन्त्री साहले भन्नुभयो, ‘यो कुनै सरकारको मात्रै समस्या होइन । यो कुनै व्यक्तिको मात्रै समस्या होइन । यो पूरै देशको समस्या हो । देशलाई कसरी अगाडि बढाउने, देशको प्रतिनिधित्व अव लिडरसिपको सवाल छ । हामीले पर्वतीय देशहरुको लिडरसिप कसरी लिने ? यसका लागि हामीले के–के गर्नु पर्छ ? यो सबैको दायित्वको कुरा हो । मात्रै यो वन मन्त्रालय वा सरकारको मात्रै भएर कहिल्यै सक्सेस हुँदैन । त्यसकारण तीन वटै तहको सरकार जो छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सहयोग साथै सम्पूर्ण विद्धत समाजका सहयोगको आवश्यक्ता छ । यो कुनै राजनीतिक विषय होइन । यो हामीहरुको जीवनसँग गाँसिएको समस्या हो । यसका लागि हामीले जो, जहाँ छ, त्यहीबाट के सहयोग गर्न सक्नुहुन्छ । पोजेटिभ थिंकिङ गरेर हाम्रो देश, हाम्रो व्यक्तित्व, हाम्रो सम्पूर्ण देशको राम्रो हुन्छ, विश्वमा । हामी कम्ती कार्वनाईअक्साईड उत्सर्जन गर्छौं । सगरमाथा जस्तो ठाउँ उजाड भएको छ । त्यस्तो अवस्था आउन नदिन सबैको सहयोगको याचना गर्दछु ।’


पर्वतीय देशहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सो संवाद कार्यक्रम सहयोगी हुने मन्त्रालयले जनाएको छ । सहसचिव महेश्वर ढकालले नेपालको पर्वतबाट स्वच्छ हावा र सफा पानी आउने र त्यसले विश्व समुदायलाई नै फाईदा पुग्ने भएकाले त्यस सम्बन्धमा छलफल गर्न सो संसद कार्यक्रम उपयोगी हुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर