fbpx

‘जलवायु परिवर्तनको असर न्युनिकरणका लागि ‘एक्शन प्लान’ बनाउन जरुरी’:- विज्ञहरु

author

समाचारपाटी

९ महिना अगाडि

नेपालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एक्शन प्लान बनाएर अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा विज्ञहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपालले विदेशी दातृ निकायहरुबाट पाउने सहयोगको लागि आवश्यक कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने र सोहीअनुसार सहयोगी दाताहरुले दिएको सहायता स्वीकार गरी जलवायुजन्य हानी नोक्शानीको न्युनिकरणका क्षेत्रमा उपयोग गर्नुपर्ने बताएका हुन् । साथै हिमालय क्षेत्रका मुद्दालाई विश्वमाझ मुख्य एजेण्डाको रुपमा उठाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पर्वतीय मुद्दा भनेर मात्रै अब नपुग्ने भन्दै हिमालयन डायभर्सिटी एजेण्डाको रुपमा आउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ सल्लाहकार डा. गंगालाल तुलाधरले अबको कोपमा नेपालले पर्वतीय नभइ हिमालयन एजेण्डाको रुपमा उठाउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्नुपर्नेमा शुरुवाती चरणमा गल्ती भएको भन्दै प्राधिकरणलाई शुरुदेखि नै आत्मनिर्भर बनाउनबाट वञ्चित गरिएको बताउनु भयो । उहाँले गृह मन्त्रालयले आफूभित्र प्रतिकार्य महाशाखा, द्वन्द्व व्यवस्थापन र विपद् महाशाखा भनेर राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो । विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई निस्तेज पारिएको उहाँको आरोप छ । 
उहाँले भन्नुभयो, ‘आज २८ सम्म पुग्दा पर्वतीय विषय यति जोडदार रुपले उठेको छ की वास्तवमा यो पर्वतीय भनेर मात्रे पुग्दैन भनेर हामी जान जरुरी छ । हिमालयन एजेण्डाको रुपमा, हिमालयन डायभर्सिटी एजेण्डाको रुपमा आउन जरुरी छ । पर्वत भन्ने कुराले त अरु अरु देशमा जानसक्ने पनि धेरै खतरा छ । कोपमा हामीले हिमालय डाइलग, हिमालयन एजेण्डा भनेर उठाउनुको विकल्प छैन । प्राधिकरणलाई जन्मदेखि नै आत्मनिर्भर हुनबाट वञ्चित गरेछौँ, त्यो गृह मन्त्रालयअन्तर्गत राखेछौँ । गृह मन्त्रालयअन्तर्गत राख्ने भनेपछि गृह मन्त्रालयले उसको तजबिजीमा कति सक्रिय बनाउने भन्नेकुरा जोडिँदो रहेछ, अहिले गृहमन्त्रालयले आफूभित्र प्रतिकार्य महाशाखा, द्वन्द्व व्यवस्थापन र विपद् महाशाखा भनेर राख्नुपर्ने कुनै कारण थिएन, त्यो राखेको स्थिति छ । इमर्जेन्सी अप्रेशन सेन्टरलाई खारेज नै जस्तो गरेर प्रतिकार्य शाखा भनेर स्थापना गरेको स्थिति छ । एक प्रकारले भन्ने हो भने विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई असाध्यै निस्तेज पार्ने काम गरिएको छ ।’ 

कार्यक्रममा बोल्दै डिसिए नेपालकी जलवायु प्रतिकार्य विज्ञ सल्लाहकार कृति श्रेष्ठले हानी तथा नोक्शानीलाई सम्बोधन गर्नसक्ने क्षमता स्थानीय सरकारमा पनि हुनुपर्ने बताउनु भयो । उहाँले प्रादेशिक क्षेत्रमा पीटीआरआरएमएको व्यवस्था रहेको भन्दै सोहीअनुसार हानी तथा नोक्शानीको कुराहरु एम्नडीआरआरएमएबाट पीटीआरआरएमएमा हस्तान्तरण हुनुपर्ने बताउनु भयो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन महाशाखाले नै जलवायुजन्य क्षति तथा नोक्शानीको नेतृत्व लिनुपर्नेमा उहाँको जोड छ । 

उहाँले भन्नुभयो, ‘यदी हामीले वन तथा वातावरण मन्त्रालयले २०२१ मा निकालेको जुन क्षति तथा नोक्शानीको खाका निकालेको छ । त्यसमा पनि रिकमेण्डेशनमा हेर्ने हो भने उहाँहरुले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन महाशाखाले नै यो जलवायुजन्य क्षति तथा नोक्शानीको लिडरशिप लिनुपर्छ, त्यो संस्था नै एक्टिभ हुनुपर्छ भनेर सुझावमा राखेको छ । तर विभिन्न कारणवश एनडीआरआरएमए स्ट्रङ हुन नसकेको र क्लाइमेट चेन्ज, क्लाइमेट इन्ड्युज डिजास्ट र क्लाइमेट इन्ड्युज स्लोअनसेट इभेन्ट्सहरुको केसमा एमडीआरआरएमएको पहुँच त्यति बलियो नभएको केसमा उहाँहरको पहुँच नै बढी स्ट्रङ हुनुपर्छ । त्यसबाट जुन प्रादेशिक क्षेत्रमा पीटीआरआरएमएको जुन व्यवस्था छ, त्यो पीटीआरआरएमए पनि गठन भएर क्लाइमेट इन्ड्युज लस एण्ड ड्यामेजको एम्नडीआरआरएमएबाट पीटीआरआरएमएमा त्यो हस्तान्तरण हुनुपर्छ । र त्यहाँबाट अन्ततो गत्वा जुन लोकल गभर्मेण्ट हुनुहुन्छ, स्थानीय सरकारहरु उहाँहरुमा यो लस एण्ड ड्यामेजलाई एड्रेस गर्नसक्ने हानी तथा नोक्शानीलाई सम्बोधन गर्नसक्ने क्षमता हुनुपर्छ । गभर्मेण्ट स्ट्रक्चर नै त्यसरी जानुपर्छ ।’

कार्यक्रममा बोल्दै संघीय संसद सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले अझैपनि जलवायु परिवर्तन न्युनिकरणका लागि आर्थिक सहायता लिन कठिन रहेको बताउनु भयो । उहाँले विदेशी निकायले दिने आर्थिक सहायता पनि प्रक्रिया पूरा गर्न नसक्दा लिन नसकिएको बताउनु भयो । उहाँले आर्थिक सहायता दिनेहरुले गरेको सम्झौताअनुसार रकम लिन नेपालले विभिन्न प्रक्रियाहरु पूरा गर्नसक्ने स्थिति नरहेको जिकिर गर्नुभयो । उहाँले सो सहायता रकमहरु के, कसरी र कहाँ खर्च गर्ने भन्ने खाका कोर्न नसक्दा सहायताहरु लिन नसकिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘केही हरियो घाँसहरु देखाउने काम भएको छ । वल्र्ड फोरमले के देखायो भने हामीजस्ता गरिव मुलुकहरु जो पीडित छौँ, जो उनीहरुले गरेका क्रियाकलापहरु कार्यान्वयन गर्न प्रताडित छौँ, हामीलाई केही हरियो घाँसहरु दिने हो, त्यो घाँस लिने र उपयोग गर्ने सन्दर्भमा हामी कति कामयावी छौँ त ? विगतलाई फर्किएर हेरौँ, हामी महालेखा परीक्षकको प्रतिवेदन हेर्ने हो भने विगत १० वर्षदेखि लगातार हरेक वर्षको प्रतिवेदन पल्टाएर हेर्नुस्, रेड कार्यान्वयन कार्यालय भन्ने एउटा संस्था खडा गरेको १० वर्ष भयो । कार्बन फण्डबाट पैस लिने भनेर बनाएको त्यो कार्यालयले गरेको कामको उपलब्धि हेर्ने हो भने अहिले एक रुपैयाँ पनि लिन सकेको छैन । फण्डको भएको पैसा लिन कति गाह्रो छ, भन्नेकुरा वल्र्ड बैंक, आइएमएफ लगायत एडिबी लगायतबाट वैदेशिक सहायताको प्रतिवद्धता हुने र हामीले प्राप्त गर्नेको अन्तर हेर्ने हो भने थाहा पाउँछौँ । उहाँले दिने भनेर सम्झौता गरेको पैसा लिनै सकेका छैनौँ । लिन सक्दैनौँ । किनभने त्यो लिनका लागि जुन शर्तहरु अघि सारिएका हुन्छन्, जुन प्रक्रियाहरु पूरा गर्नुपर्ने हो ति कुराहरुमा हामीले काम गर्नसक्ने स्थिति छैन । त्यो पैसा ल्याइसकेपछि केमा कसरी खर्च गर्ने भन्नेबारेमा काम गर्न नसकेको कारणले आज हामीले त्यो प्राप्त गरेका छैनौँ । अब हामी एक्शन प्लानमा उत्रिनुपर्छ, काम गर्नेकुरामा विद्वान वर्गलाई एकै ठाउँमा गोलबन्द गरेर  छलफल गरेर साझा मञ्चबाट अघि लैजानसके काम हुन्छ ।’

सचिव पाण्डेले विदेशी दातृहरुले दिने सहायता लिन र त्यसको सही सदुपयोग गर्न एक्शन प्लान बनाइ उत्रिनुको विकल्प नरहेको बताउनु भयो ।  


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने