fbpx

जलवायु परिवर्तनको असरले नेपालको कृषि उत्पादनमा ४० प्रतिशत कमी

author

समाचारपाटी

२ महिना अगाडि

जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको छ ।

.पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभाग,चीनका दुई विश्वविद्यालय,भारतको दिल्ली इकोनोमी अफ भुगोल विभाग र बंलादेशका अध्ययन केन्द्रहरु रहेका थिए । उक्त अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने वागमती,गण्डकी प्रदेशका पाँचवटा जिल्ला रसुवा,नुवाकोट,चितवन,तनहुँ र कास्कीमा गरिएको थियो । गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले तापक्रममा परिवर्तन,वर्षाको ढाँचा,खडेरी बाढी तथा पहिरो आउने जस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ । अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्रमा खडेरीबाट अत्याधिक प्रभावित बनाएको देखाएको छ । जलवायु परिवर्तनको कारण गण्डकी जलाधार क्षेत्रमा समेत वर्षा समेत कम भएको अध्ययनले देखाएको त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागका प्राध्यापक डाक्टर प्रेमसागर चापागाईंले बताउनु भयो ।

उहाँले वर्षातको समयमा समेत पानी पर्ने समय परिवर्तन हुने,समयमा पानी नपर्ने बढी वा घटी पर्ने जस्ता समस्या समेत देखापरेकाले नेपालको कृषि उत्पादमान ठूलो असर बनाएको अध्ययनले देखाएको बताउनु भयो । उहाँले अध्ययनको निष्कर्षअनुसार नेपाल,भारत,चीन र बंलादेश सबैतिर कृषि उत्पादनमा कमी देखिए पनि नेपालमा सबैभन्दा धेरै देखिएको बताउनु भयो । उहाँले विगतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको अध्ययनमा देखिएको उल्लेख गर्नुभयो । उहाँले समयमा पानी नपर्दा किसानको लागत वृद्धि समेत भएको बताउनु भयो । उहाँले  जलवायु परिवर्तनको कारण पानी नपर्दा खडेरीको कारण कृषिबालीहरु सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरु बसाईसराई तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको जानकारी दिनुभयो ।


उहाँले नेपालको जलवायु सम्बन्धी नीतिहरु राष्ट्रियस्तरको रहेको तर भौगोलिक अवस्था फरक रहेको भन्दै जलवायु परिवर्तन सम्बन्धी नीतिहरु भौगोकि बनावटअनुसार बनाउनुपर्ने बताउनु भयो । उहाँले हिमाल,पहाड र तराई क्षेत्रको बनावटअनुसार स्थानीय स्तरसम्मका लागि नीतिहरु बनाउनुपर्ने अवस्था देखिएको बताउनु भयो । अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसानहरु कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा गइरहेको देखाएको छ । जलवायु परिवर्तनको कृषि उत्पादन घट्ने,लागत मूल्य बढ्ने,बालीनालीमा रोग तथा किराहरुको संक्रमण बढ्ने,बेमौसमी अधिक वर्षा,हावाहुरी र असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउँदा किसानहरु जलवायु परिवर्तनको मारमा परेका छन् । अध्ययनले जलवायु परिवर्तनको असर सकारात्मक रहेको पनि देखिएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भू–भागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम,कृषि सम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत,पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्रै मौसम सम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन