fbpx

चैत्र २९ गतेबाट चौथो संस्करणको सफा हिमाल अभियान, १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य

author

समाचारपाटी

१२ महिना अगाडि

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी शुरु हुने बताउनु भयो । उहाँले अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताउनु भयो । उहाँकाअनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । उहाँले यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताउनु भयो । उहाँले नेपालका हिमाली क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न अपरिहार्य रहेको बताउनु भयो । उहाँले वातावरण र विकासबीच सामञ्जस्यता कायम गर्न वास्तविकता हामीले मनन गर्दै सफाइ अभियान सञ्चालन गर्नु भन्दा अनावश्यक फोहोर नै हुन नदिने किसिमको संस्कारको विकास गर्नेतर्फ अघि बढ्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो वातावरण प्रदुषण हाल विश्वव्यापी रुपमा जल्दो बल्दो समस्या रहेको कुरा तपाई हामी सबैलाई सर्वविदितै छ । हिमाली क्षेत्र जुन वातावरणीय तथा पर्यावरणीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रुपमा रहेको छ । त्यहाँ जम्मा भएका मानव सिर्जित फोहोरहरुले वातावरणमा प्रतिकुल असर गर्दै थप समस्या सिर्जना गरेको वास्तविकता समेत हाम्रो अगाडि रहेको छ । नेपालका हिमाली क्षेत्रले पर्यापर्यटन एवं पर्वतारोहण व्यवसायको निकै नै ठूलो सम्भाव्यता बोकेका छन् । त्यसअर्थ यि क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न अपरिहार्य रहेको छ । वातावरण र विकासबीच सामञ्जस्यता कायम गर्न वास्तविकता हामीले मनन गर्दै सफाइ अभियान सञ्चालन गर्नु भन्दा अनावश्यक फोहोर नै हुन नदिने किसिमको संस्कारको विकास गर्नेतर्फ सम्बन्धित समाजको प्रयास हुनु जरुरी छ । हिमाल सफाइ कार्य कठिन भौगोलिक अवस्था, प्रतिकुल मौसममा गरिने चुनौतिपूर्ण कार्य रहेको सबैलाई अवगत नै छ । यस कार्यमा हामीले वन तथा वातावरण मन्त्रालय, हिमाल रेूक्यु असोसिएशन नेपाल, पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय रेस्क्यु असोसिएशन नेपाल, नेपाल माउण्टेरिङ असोसिएशन, सगरमाथा प्रदुषण नियन्त्रण समिति, आरोहण तथा पर्यनसँग सम्बन्धित विभिन्न संघसंस्था एवं हिमाल सफाई जस्तो विशुद्ध सामाजिक दायित्वमा अभिरुची राख्ने विभिन्न गैरसरकारी संस्थाहरुसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य लिएका छौँ । सन् २०१९ बाट शुरु भएको सफाई हिमाल अभियानको चौथो संस्करण अन्तर्गत सफा हिमाल अभियान २०२४ सञ्चालन हुन लागेको हो । यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ । यस अभियानको औपचारिक शुरुवात २०८० चैत्र २९ गते टोली प्रमुखलाई ब्यानर सामान प्रधानसेनापतिज्युबाट हस्तान्तरण गरी शुरु भइ २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिनमा संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ ।’

उहाँले वन तथा वातावरण मन्त्रालय, हिमाल रेूक्यु असोसिएशन नेपाल, पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय रेस्क्यु असोसिएशन नेपाल, नेपाल माउण्टेरिङ असोसिएशन, सगरमाथा प्रदुषण नियन्त्रण समिति, आरोहण तथा पर्यनसँग सम्बन्धित विभिन्न संघसंस्था एवं हिमाल सफाई जस्तो विशुद्ध सामाजिक दायित्वमा अभिरुची राख्ने विभिन्न गैरसरकारी संस्थाहरुसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य लिएको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन