fbpx

‘मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन’:-रञ्जिता श्रेष्ठ

author

समाचारपाटी

१ year अगाडि

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताउनुभएको छ । 

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताउनुभएको हो । उहाँले आफू मन्त्रि बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको बताउनु भयो । उहाँले रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरिसकेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत दिन्थेँ होला नि । मन्त्रि हुनुभन्दा अगाडी नै दिएको छु । मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन । पार्टीगत रुपमा एकै विचारको व्यक्ति मात्र हुँदैन । विभिन्न विचारका व्यक्तिहरु हाम्रो पार्टीमा जोडिनु भएको छ र आफ्नो विचार राख्दाखेरी फरक फरक मत आउनु स्वभाविक नै हो । रेशम पार्टीको संस्थापक र जन्मदाता हुनुहुन्छ । पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत् रुपमा अध्यक्ष स्वीकारेको पनि हो । त्यसपश्चात जुन निर्वाचन आयोगले आफ्नो निर्णय दिनुभयो । त्यसमा पनि रेशमजीले स्वीकारिसक्नु भएको छ । किनभने विधि, विधान कानुनभन्दा माथि कोहीपनि हुँदैन । रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको । परिवार फुट्दैन । म आफु सँगै छु नि स्टाटस लेख्दा । पार्टीगत रुपमा हाम्रो मत फरक हो ।’ उहाँले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...