fbpx

मन्त्री भएपछि राजबन्दीलाई भेटेर निर्वाचन क्षेत्रको यात्रा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठकाे

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौँ । गत आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएकाे छ । पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उहाँ सांसद बन्नुभयाे । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीकी धर्मपत्नी हुनुहुन्छ । थरुहट आन्दोलनका कमाण्डर चौधरी
अहिले डिल्ली बजार कारागारमा कैदीबन्दीका रुपमा हुनुहुन्छ ।

तर, सोही आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय, प्रदेश र केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गरिरहेको छ । जसको नेतृत्व अहिले रन्जिताले गरिरहनुभएकाे छ । उहाँ केन्द्रको सांसद मात्रै हुनुभएन्, अहिले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा कार्यभार सम्हालीरहनुभएकाे छ । उहाँ गत चैत्र १७ गते मन्त्री नियुक्ति हुनुभएकाे हाे। मन्त्री नियुक्त भएलगत्तै उहाँ सुरुमा मन्त्रालय मातहतका कार्यालयहरुका कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने र आवश्यक निति योजनाहरु बनाउने काममा व्यस्त हुनुभयाे ।

मन्त्री भएपछि तत्काल निर्वाचन क्षेत्र जान नपाएकी श्रेष्ठ शुक्रबार वैशाख ८ गते पहिलो पटक सुदुरपश्चिम प्रदेश पुग्नुभयाे । विमान मार्फत निर्वाचन क्षेत्र पुग्नुभएकाे उहाँ धनगढी बिमानस्थल ओर्लिए लगत्तै जिल्ला कारागार कैलाली पुग्नुभयाे । सचिवालयका अनुसार त्यहाँ जाने पुर्वनिर्धारित कार्यक्रम भने थिएन् । तर, मन्त्रीले कारगार जाउँ भनेपछि सचिवालयले उहाँलाई कारागारसम्म पुर्यायो । उहाँले त्यहाँ पुगेर टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका
राजबन्दीलाई भेट्नुभयाे ।

सचिवालय सदस्यले रमेश बिकले भन्नुभयाे, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफु स्थापित भएको जग बिर्सनु भएको रहेनछ । आफुलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु भएको रहेनछ भन्दै राजबन्दीहरु खुसी हुनुभयो र आफुहरुलाई रिहाईका लागि थप पहल गर्न अनुरोध गर्नुभयो ।’

राजबन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटकपटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बताएको बिकले सुनाउनुभयाे । कारागारमा राजबन्दीहरुलाई भेटेपछि मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा आम जनताहरुलाई भेटघाट तथा पुर्वनिर्धारित कार्यक्रममा अघि बढ्नुभएकाे थियाे ।

मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता दिनुभयाे । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गर्नुभयाे । यस्तै मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभयाे ।

मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन दिनुभयाे ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन