fbpx

‘मलाई त मन्त्री पदमा बसिराख्नु भन्ने छैन, पहिल्यै छोडिदिन्छु आउनुस् साथीहरु भनेकै छु’:-सुदन किराँती

author

समाचारपाटी

९ महिना अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । 

मंगलवार काठमाडौंमा यश कुरारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उहाँले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताउनु भयो । उहाँले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताउनु भयो । मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताउनु भयो । उहाँले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हुनतः अहिले केही मान्छेहरुले जानेर वा नजानेर त्यही व्यवस्थालाई ल्याउन खोज्दैछन् । अब नेपाली समाजले मान्छन् की मान्दैनन् ? पचाउँछन् की पचाउँदैनन् ? खोज्दैछन् । सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ, युगको नेतृत्व गर्छु भन्ने मान्छेले हालेको डाकमै आँखामा कचेरा नबिझ्ने स्टाटस लेख्छ, राजीनामा । हुँदैछ के ? के संविधानको व्याख्या गर्नु नहुने ? सबै अस्तित्व सम्मान छ भन्नु नहुने ? राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले दिन तयार छु । यो पद भन्दा देश ठूलो छ । म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन् । के हुँदैछ ?’

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताउनु भयो । उहाँले भावनामा आएर मात्रै देश नचल्ने बताउनु भयो । मेयर साम्पाङप्रति लक्षित गर्दै उहाँले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आज नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइयो, ठिकै छ त । भावनामा आएर मात्रै हुँदैन । कसैको मेयरको अफिसमा राजाको फोटो छ रे । फर्किने उल्टो हो त । गोरु पछिपछि गाढा अघि अघि । यो गतिविधिले जान्छ कता समाज ? देश जिम्मा लिन्छु भन्ने साथीहरुले गम्भीरताका साथ समीक्षा गर्नुपर्छ । मलाई त मन्त्री पदमा बसिराख्नु भन्ने छैन । पहिल्यै छोडिदिन्छु आउनुस् साथीहरु भनेकै छु । बुवाआमाले सल्लाह गरेर यो छोरालाई मन्त्री बनाउनैपर्छ भनेर जन्माएको पनि होइन । एउटा किसानको छोरो हो भयो । फोटो झुण्ड्याएर होइन केही काम गरौँ भनेर लागेको छु, कसैले हात कसैले खुट्टा समात्छ । कसैले पासो लाउँछ, के अपराध गरेँ, मैले त अपराध गरेको छैन । पशुपति हाम्रो सभ्यता र सम्पदा हो । सभ्यताको पनि सभ्यता हो । त्यहाँ गएर गू, मूत सोह्रेँ । मलाई पशुपति बिरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ । पशुुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे ।’ 

मन्त्री किराँतीले आफूलाई पशुपति बिरोधी नै बनाउनेहरुले पशुुपतिकै नाम जपेर आफ्नो राजीनमा मागेपनि अन्ततः हारेको बताउनु भयो । उहाँले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान नै रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने